logo
२०८१ बैशाख १७ सोमवार



धनगढीमा मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने

फुटबल |
खेलकुद |


धनगढीमा मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने


धनगढी, चैत ३ गते । कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा आयोजना हुने गोल्ड कपमा आठ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई २ लाख ५० हजार रुपियाँ प्रदान गरिने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका प्रत्येक खेलको ‘म्यान अफ पदिन म्याच’ लाई ५ हजार रुपियाँ प्रदान गरिनेछ ।

यसैगरी विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताले सूदुरपश्चिममा महिला फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न टेवा पुग्ने आयोजकको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?