logo
२०८१ बैशाख ८ शनिवार



बराबरीमा रोकियो सरस्वती

फुटबल |
खेलकुद |


बराबरीमा रोकियो सरस्वती


काठमाडौँ, चैत ५ गते । सरस्वती युथ क्लब र श्रीकुमारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै खेल्दै अंक बाँडेको छ । ललितपुरको एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा सरस्वती क्लब श्री कुमारीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता श्री कुमारीले लिएको थियो । ४४औँ मिनेटमा विपिन मगरले गोल गर्दै श्री कुमारीलाई अग्रता दिलाउनुभयो । ८६औँ मिनेटमा सरस्वतीका सनम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । बराबरीसँगै शीर्षस्थानमा उक्लिएको सरस्वतीले ६ खेलबाट १२ अंक बनाएको छ ।

श्री कुमारीले समान खेलबाट ६ अंक बनाएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने लिगमा ‘बी’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ । अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजन (रेलिगेसन) मा झर्नेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?