logo
२०८१ बैशाख १५ शनिवार



च्याम्पियन्स लिग : क्वार्टरफाइनलमा चेल्सी र रियलबीच भिडन्त

फुटबल |
खेलकुद |


च्याम्पियन्स लिग : क्वार्टरफाइनलमा चेल्सी र रियलबीच भिडन्त


काठमाडौँ, चैत ५ गते । युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल ड्र सार्वजनिक भएको छ । यूईएफएले शुक्रबार ड्र सार्वजनिक गरेको हो । ड्र अनुसार क्वार्टरफाइनलमा साविक विजेता इङ्लिस क्लब चेल्सीले सर्वाधिक सफल स्पेनिस टोली रियाल म्याड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यसैगरी इङ्लिस लिग लिडर म्यानचेस्टर सिटीले स्पेनिस टोली एथ्लेटिको मड्रिडसँग, इङ्लिस क्लब लिभरपुलले जर्मन लिग लिडर बायर्न म्युनिख, इङ्लिस क्लब लिभरपुलले पोर्चुगिच क्लब बेन्फिका र जर्मन क्लब बायर्नले स्पेनिस क्लब भिल्लारियलसँग प्रतिस्पर्धा गर्नेछ । क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ५ र ६ तारिख तथा दोस्रो लेग अप्रिल १२ र १३ तारिख हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?