logo
२०८१ बैशाख १५ शनिवार



श्रीभगवती शीर्षस्थानमा

फुटबल |
खेलकुद |


श्रीभगवती शीर्षस्थानमा


काठमाडौँ, चैत ५ गते । श्रीभगवती क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान ललितपुरमा शनिबार भएको खेलमा श्रीभगवतीले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हरायो । लिगमा चर्च ब्वाइजले पहिलो हार खेपेको छ ।

श्रीभगवतीको जितमा रुपेश क्षेत्रीले १६औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । अर्को गोल ६०औँ मिनेटमा सुनिल श्रेष्ठले थप्नुभएको थियो । चर्च ब्वाइजका राज कङ्दङ्वाले २०औँ मिनेटमा गोल गरे पनि टोलीको हार जोगिएन । जितसँगै श्रीभगवतीले ६ खेलबाट १३ अंक बनाएको छ । समान खेलबाट ११ अंक बनाएको चर्च ब्वाइज तेस्रो स्थानमा छ ।

चैत २७ गतेसम्म सञ्चालन हुने लिगमा ‘बी’ डिभिजनका १४ क्लबको सहभागिता छ । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ । अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजन (रेलिगेसन) मा झर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?