logo
२०८१ बैशाख १४ शुक्रवार



अन्जन माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेसडर

फुटबल |
खेलकुद |


अन्जन माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेसडर


काठमाडौँ, चैत ५ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरअन्जन बिष्ट माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ । ललितपुर सानेपास्थित माछापुच्छ्रेले शनिबार अन्जनलाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । स्कुलका अध्यक्ष डा.विनोद यादव र अन्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार अन्जनले स्कूलको एकेडेमी तथा खेलकुद विकासमा सहयोग गर्नुहुनेछ । अन्जनलाई स्कुलले आर्थिक सहयोग गर्नेछ । सम्झौता कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहको पनि उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?