logo
२०८१ बैशाख १३ बिहीवार



बार्सिलोनालाई पछि पार्दै एट्लेटिको तेस्रो स्थानमा

फुटबल |
खेलकुद |


बार्सिलोनालाई पछि पार्दै एट्लेटिको तेस्रो स्थानमा


काठमाडौँ, चैत ६ गते । बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई उसैको मैदानमा १–० गोलले हराउँदै एट्लेटिकोले तेस्रो स्थान कब्जा गरेको हो ।

एट्लेटिको म्याड्रिडको जितमा कप्तान कोकीले निर्णायक गोल गर्नुभयो । कोकीले ४९औँ मिनेटमा जोआओ फेलिक्सको पासमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । जितसँगै एट्लेटिकोले २९ खेलबाट ५४ अङ्क बनाएको छ । दुई खेल कम खेलेको बार्सिलोनाको ५१ अङ्कसहित तेस्रो स्थानमा छ । पराजित रायो भालेकानो ३२ अङ्कसहित १३औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ६६ अङ्क छ । दोस्रो स्थानमा रहेको सेभियाको ५६ अङ्क छ । अन्य खेलमा ओसासुनाले लिभान्तेलाई ३–१, भ्यालेन्सियाले इल्चेलाई १–० र ग्रानाडाले अलाभेसलाई ३–२ गोलले पराजित गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?