logo
२०८१ बैशाख १३ बिहीवार



एल क्लासिकोमा बार्सिलोनाको बाजी

फुटबल |
खेलकुद |


एल क्लासिकोमा बार्सिलोनाको बाजी


काठमाडौँ, चैत ७ गते । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त अर्थात् एल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । रियलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० गोलको फराकिलो जित निकाल्यो ।

रियललाई सहजै पराजित गर्ने क्रममा बार्सिलोनाका पिएरे एमेरिक औबामियाङले दुई गोल गर्नुभयो । रोनाल्ड अराउजो र फेरान टोरेसले एक एक गोल गर्नुभएको थियो । बार्सिलोनाले २९औँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो । औबामियाङले औसमाने डेम्बेलेको पासमा हेड गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउनुभयो ।

३७औँ मिनेटमा अराउजोले हेड गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो । टोरेसले ४७औँ र औबामियाङले ५१औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । सुरुवातमा आक्रामक रुपमा प्रस्तुत भएको रियल बार्सिलोनाको गोलपछि निरास बन्दै गएको थियो ।

जितसँगै बार्सिलोनाले रियल सँगको अंक दुरी १२ अंकले छोट्याएको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको २८ खेलबाट ५४ अंक छ । पराजित रियल शीर्षस्थानमा यथावत छ । रियलले २९ खेलबाट ६६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेभियाको ५७ अंक छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?