logo
२०८१ बैशाख १४ शुक्रवार



भोजपुर गोल्डकप उपाधि गोर्खा ब्वाइजको पोल्टामा

फुटबल |
खेलकुद |


भोजपुर गोल्डकप उपाधि गोर्खा ब्वाइजको पोल्टामा


गोकुल भुजेल
भोजपुर, चैत्र ७ गते । पाचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उपाधि गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देहीले जितेको छ । स्थानीय टुडिखेलमा सोमबार भएको फाइनल खेलमा गोर्खा ब्वाइजले भारतको अमुक्ता परिवार, वेष्ट वंगाललाई ५–० गोलले हरायो ।

गोर्खा ब्वाइजको जितमा फोकनाले ३७औँ र ४४औँ मिनेटमा तथा यानीकले ५२औँ र ७०औँ मिनेटमा दुई दुई गोल गर्नुभयो । अर्को गोल ६४औँ मिनेटमा सुसन तामाङले गर्नुभएको थियो । उपाधिसँगै गोर्खा ब्वाइजले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता वेष्ट वंगालले तीन लाख रुपियाँमा चित्त बुझायो । फाइनल खेलको ‘म्यान अफ दि म्याच गोर्खाका फोकना हुनुभयो । उदयमान खेलाडि आयोजकका प्रविण राई, उत्कृष्ट गोलरक्षक गोर्खाका देव लिम्बु घोषित हुनुभयो ।

यस्तै उत्कृष्ट रक्षक गोर्खाकै एवोडे, उत्कृट मिडफिल्टर गोर्खाकै सुनील खड्का, सर्वाधिक गोलकर्ता गोर्खाका यानीक र अमुक्ता परिवारका सौरभ तामाङ तथा उत्कृष्ट प्रशिक्षक गोर्खाका जग्गुनाथ खड्का घोषित हुनुभयो । उत्कृष्ट सबैले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

प्रतियोगितामा आयोजक विडिएफए क्लब भोजपुर, सगरमाथा युथ क्लब मोरङ, बसाह क्लब उदयपुर,गोर्खा ब्वाइज रुपन्देहि, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्र्पोटस क्लब खोटाङ, सतासीधाम स्र्पोटस क्लब झापा र अमुक्क्ता परिवार बेष्ट बंगाल भारत गरी आठ टोलीको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?