logo
२०८१ बैशाख १३ बिहीवार



महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्दै

फुटबल |
खेलकुद |


महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्दै


काठमाडौँ, चैत ९ गते । राष्ट्रिय महिला लिग फुटबल बिहीबार देखि चितवनमा सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा विभागीय टोली साविक विजेता एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भरतपुर महानगरपालिकाको सहकार्यमा लिगका पहिलो चरणका खेलहरु चितवनमा सञ्चालन गर्न लागेको हो ।

दोस्रो चरणका खेल विराटनगरमा हुने एन्फाले जनाएको छ । लिगमा समावेश ५६ खेलमध्ये पहिलो चरणका २८ खेल कृष्णपुर खेल मैदान र भरतपुर–१९ को खेल मैदानमा हुनेछ । बाँकी खेल विराटनगरमा हुनेछ । लिगमा तीन भिागीय टोलीहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शशस्त्र प्रहरी बल (एपीएफ) सहित, वालिङ, बिराटनगर, चपुर, धनगढी र ललितपुर भिड्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?