logo
२०८१ बैशाख ८ शनिवार



नेपाल सुपर लिग तोकिएकै समयमा हुने

फुटबल |
खेलकुद |


नेपाल सुपर लिग तोकिएकै समयमा हुने


काठमाडौँ, चैत ९ गते । ‘ए’ डिभिजन क्लब र नेपाल सुपर लिग (एनएसएल) अहायोजकबीच खेलाडी अनुबन्धको विषयलाई लिएर विवादमा परेको एन्एसएल तोकिएकै समयमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबहरुसँग छलफल गरी समाधान निकालेपछि लिग निर्धारित समय अर्थात् चैत २५ देखि जेठ १ गते सम्म आयोजना हुन लागेको हो ।

एन्फाले बुधबार एनएसएलको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसइएम) प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई पत्र पठाउँदै आयोजनाको लागि अनुमति प्रदान गरेको जानकारी पनि गराएको छ । एनएसएलका कारण उत्पन्न विवाद समाधानका लागि एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

एनएसएलका कारण फुटबलमा अन्यौलता बढेको भन्दै विरोधमा रहेका ‘ए’ डिभिजनका चार क्लबका प्रतिनिधि र एनएसएल आयोजकसँग बुधबार कार्यदलले छुट्टा छुट्टै छलफल गरेको थियो । यसअघि एन्फाले एनएसएलको खेल तालिका ड्र गर्न रोकेको थियो । त्यसअघि एनएसएललाई एन्फाले खेलाडीको अक्सन रोक्न पत्राचार गरेपनि आयोजकले अक्सन रोकेको थिएन ।

अक्सनमा रहेका खेलाडी ‘ए’ डिभिजन क्लबमा अनुबन्ध रहेकोले खेलाडी रिलिज नभई एनएसएलमा अनुबन्ध नगराउन क्लबहरुले माग गर्दै आएका थिए । एन्फाले यसपटकको एनएसएल आयोजना पछि अहिलेको सम्झौता स्वत खारेज हुने पनि जनाएको छ । यसपटटक एनएसएलमा विभिन्न शहरका १० वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीले मार्की खेलाडीसँगै अक्सनबाट खेलाडीको छनोट पनि गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?