logo
२०८१ बैशाख १५ शनिवार



आरसीटी चौथो स्थानमा उक्लियो

फुटबल |
खेलकुद |


आरसीटी चौथो स्थानमा उक्लियो


काठमाडौँ, चैत १० गते । आरसीटी क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा आरसीटीले सामाजिक युथ क्लबलाई ३–० गोलले हरायो ।

आरसीटीको जितमा प्रज्वल गुरुङले दुई तथा विश्वास थापामगरले एक गोल गर्नुभयो । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा प्रज्वलले २०औँ र २४औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि विश्वासले पाँचौँ मिनेटमा खाता खोल्नुभएको थियो । जितसँगै आरसीटीले आठ खेलबाट १२ अंक बनाएको छ । समान खेलबाट सात अङ्क बनाएको सामाजिक युथ नवौँ स्थानमा छ ।

चैत २७ गतेसम्म सञ्चालन हुने लिगमा ‘बी’ डिभिजनका १४ क्लबको सहभागिता छ । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ । अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजन (रेलिगेसन) मा झर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?