logo
२०८१ बैशाख २६ बुधवार



गोर्खा ब्वाईज विजयी

फुटबल |
खेलकुद |


गोर्खा ब्वाईज विजयी


बिष्णुप्रसाद पोखरेल
दमक, चैत १० गते । झापाको दमकमा जारी दमक गोल्डकपको दोश्रो दिनको खेल गोर्खा ब्वाईज क्लव रुपेन्देहीले सहज जित निकालेको छ । दुर्गापुर सन्डे क्लव कलकत्ता भारतलाई हराउदै गोर्खा ब्वाईज क्लव रुपेन्देही क्वार्टरफाइनलमा प्रवेस गरेको छ ।

गोर्खा ब्वाईज क्लव रुपेन्देहीले शुरुवातदेखि नै दुर्गापुर सन्डे क्लव कलकत्तालाई दबाबमा राख्दै ५–० गोल अन्तरले विजय हासिल गरेको हो । गोर्खा ब्वाइजको जितका लागि यानिकले तीन गोल गर्नुभएको थियो । सुसन तामाङ र सुनील खड्काले एक एक गोल गरेर गोर्खा ब्वाईज क्लव फराकिलो जित निकालेको हो ।

गोर्खा ब्वाइजले खेलको दास्रो मिनेटमै गोल गरेको थियो । मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २०औँ मिनेटमा यानिकले नै गोल गरेर अग्रतालाई दोब्बर बनाउनु भएको थियो । मैदानको मध्यभागबाट आएको बललाई उहाँले गोलमा परिणत गर्नु भएको थियो ।

खेलको ५१औँ मिनेटमा सुसन तामाङले अर्को गोल थप्नुभयो । विपक्षी गोलरक्षक अघि बढ्दा सहज रुपमा गोल भएको थियो । खेलको इन्ज्युरी समयमा यानिकले व्यक्तिगत तेस्रो र टिमका लागि पाँचौँ गोल गरेर फराकिलो अन्तरले गोर्खा ब्वाईज क्लव रुपेन्देहीले जित निकाल्यो ।

दमक ३ स्थित प्रस्तावित अन्तराष्ट्रिय मदन भण्डारी रंगशालामा बुधबारदेखि शुरु भएको गोल्डकप अन्तर्गत शुक्रबारको पहिलो क्वार्टरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले बताउनु भयो ।

प्रतियोगितामा दमक गोल्डकपको साविक विजेता नेपाल पुलिस क्लब सहित १० वटा टिमको सहभागिता रहेको छ । चैत १८ गते समापन हुने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?