logo
२०८१ बैशाख ७ शुक्रवार



महिला राष्ट्रिय लिग : एपीएफको विजयी सुरुवात

फुटबल |
खेलकुद |


महिला राष्ट्रिय लिग : एपीएफको विजयी सुरुवात


काठमाडौँ, चैत १० गते । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । चितवनमा बिहीबार देखि सुरु भएको खेलमा एपीएफले विभागीइ प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हरायो ।

खेलमा सुरुवाती अग्रता आर्मीले लिएको थियो । आर्मीका लागि रश्मी घिसिङले ५२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । तर एपीएफका रेनुका नगरकोटीले ५७औँ र अनिता बस्नेतले ८२औँ मिनेटमा गोल गर्दै एपीएफलाई महत्वपूर्ण जित दिलाउनुभयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भरतपुर महानगरपालिकाको सहकार्यमा लिगको पहिलो चरणका खेलहरु चितवनमा सञ्चालन गरेको हो । दोस्रो चरणका खेल विराटनगरमा हुने एन्फाले जनाएको छ । लिगमा समावेश ५६ खेलमध्ये पहिलो चरणका २८ खेल कृष्णपुर खेल मैदान र भरतपुर–१९ को खेल मैदानमा हुनेछ ।

बाँकी खेल विराटनगरमा हुनेछ । लिगमा तीन भिागीय टोलीहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शशस्त्र प्रहरी बल (एपीएफ) सहित, वालिङ, बिराटनगर, चपुर, धनगढी र ललितपुरको सहभागिता रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?