logo
२०८० चैत्र १६ शुक्रवार



सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

फुटबल |
खेलकुद |


सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा


काठमाडौँ, चैत १० गते । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ ।

गण्डकीका आशिष ठकुरीले तीन, सोनु लामा र पिताम्बर थापाले समान दुई दुई तथा रोहन लामाले एक गोल गर्नुभयो । गण्डकीका आशिष ठकुरी म्यान अफ दि म्याच हुनुभयो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ३–१ गोलले हरायो । सुदूरपश्चिमका दीपकराज जोशी, आयुष साह र भीम भट्टले समान एक एक गोल गर्नुभयो । तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ७–१ गोलले पन्छायो ।

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगिताको अंक तालिका अनुसार शुक्रबारको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेना र लुम्बिनी प्रदेशबीच हुने खेल संयोजक रञ्जन थापाले जानकारी दिनुभयो । प्रगियोगिताको विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?