logo
२०८१ बैशाख ७ शुक्रवार



नेपाल थाइल्यान्डसँग पराजित

फुटबल |
खेलकुद |


नेपाल थाइल्यान्डसँग पराजित


काठमाडौँ, चैत १० गते । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको चोनबरीमा बिहीबार साँझ भएको खेलमा नेपाल घरेलु टोली थाइल्यानसँग २–० गोलले पराजित भयो । थाइल्यान्डले दुवै गोल दोस्रो हाफको अन्तिम तिर गरेको छ । फिलिप रोलर र चाओवाट विराचार्टले गोल गर्नुभयो ।

फिलिपले ७८औँ चाओवाटले ८९औँ मिनेटमा गोल गर्दै थाइल्यान्डलाई सहज जित दिलाउनुभयो । नेपालले चैत १३ गते थाइल्यान्डको शीर्ष क्लब चोनबुरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको तयारीमा रहेको नेपालले त्यसैको तयारीका लागि थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो । समूह चरणको खेल भने ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ । एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?