logo
२०८१ बैशाख १४ शुक्रवार



फिफा विश्वकप छनोट : अर्जेन्टिनाको सानदार जित

फुटबल |
खेलकुद |


फिफा विश्वकप छनोट : अर्जेन्टिनाको सानदार जित


काठमाडौँ, चैत १२ गते । सन् २०२२ को कतार फिफा विश्वकप छनोट खेलका अर्जेन्टिनाले भेनेजुएलामाथि सानदार जित निकालेको छ । शनिबार बिहान भएको दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–० गोलले हरायो । अर्जेन्टिनाको जितमा निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनल मेस्सीले गोल गर्नुभयो ।

पहिलो हाफमा एक गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । ३४औँ मिनेटमा रोड्रिगो डि पउलको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाउनुभयो । ७९औँ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयो । ८२औँ मिनेटमा मेस्सीले एन्जल डि मारियाको पासमा गोल गर्दै अर्जेन्टिनालाई सानदार जित दिलाउनुभयो ।

यससँगै अर्जेन्टिनाले छनोट खेलमा अपराजित यात्रा कायम राखेको छ । १६ खेलबाट ३८ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोड्दै तालिकाको अन्तिममा छ । शीर्षस्थानमा रहेको ब्राजिलको १६ खेलबाट ४२ अंक छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?