logo
२०८१ बैशाख ७ शुक्रवार



थाई क्लब चोनबरीसँग भिड्दै नेपाल

फुटबल |
खेलकुद |


थाई क्लब चोनबरीसँग भिड्दै नेपाल


काठमाडौँ, चैत १३ गते । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज (आइतबार) थाइल्यान्डको शीर्ष क्लब चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डको शीर्ष क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्न लागेको हो ।

नेपालले बिहीबार थाइल्यान्डको राष्ट्रिय टोलीसँग पनि मैत्रीपूर्ण फुटबल खेलिसकेको छ । नेपाल थाइल्यान्डसँग २-० गोलले पराजित भएको थियो । नेपालले चोनबरीसँग साँझ ५:४५ बजे उसैको मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । थाइल्यान्डको राष्ट्रिय टोलीसँग पराजित नेपाल चोनबरी एफसीसँग स्पस्ट जित निकाल्ने तयारीमा छ ।

एएफसी एसियन कप छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन् । नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो । समूह चरणको खेल जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?