logo
२०८० चैत्र १६ शुक्रवार



लेटाङ नगरपालिका अन्तिम चारमा

फुटबल |
खेलकुद |


लेटाङ नगरपालिका अन्तिम चारमा


उर्लाबारी, चैत १४ गते । पथरीशनिश्चरे नगरपालिकालाई २–१ गोलले हराउँदै लेटाङ नगरपालिका मोरङको कानेपोखरीमा जारी अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।

सोमबार भएको खेलमा लेटाङका सन्दीप राईले १६औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनु भयो । ४७औँ मिनेटमा मोदी राईले अर्को  गोल गर्नुभयो । ७४औँ मिनेटमा पथरीशनिश्चरेका रोशन माझीले सान्त्वना गोल फर्काउनुभयो ।

लेटाङका गोल रक्षक लक्की मगर ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । उहाँलाई पूर्व राष्ट्रिय खेलाडी बलबहादुर गरुङले १५ सय रुपियाँ र ट्रफि प्रदान गर्नुभयो । कानेपोखरी गाउँपालिकाको जहदा रङ्गशालामा जारी अध्यक्ष कप फुटबल अन्तर्गत मंगलबार आयोजक कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?