logo
२०८१ बैशाख ८ शनिवार



एन्फा निर्वाचन समितिमा श्रीराम

फुटबल |
खेलकुद |


एन्फा निर्वाचन समितिमा श्रीराम


काठमाडौँ, चैत १५ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । एन्फाको ललितपुरमा मंगलबार सम्पन्न २०औँ विशेष साधारण सभाले दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो । एन्फाको चुनावी साधारण सभा आगामी जेठ १५ गतेका लागि यसअघिनै तय भईसकेको छ ।

निर्वाचन समितिको सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम हुनुहुन्छ । सदस्यहरुमा दामोदर भट्टराई, अधिवक्ता सरस्वती श्रेष्ठ तथा अधिवक्ता प्रिती कार्की बैकल्पिक सदस्य हुनुहुन्छ । साधारण सभाले बिष्णु लुइँटेलको संयोजकत्वमा निर्वाचन पुनरावेदन समिति गठन गरेको छ । यस समितिमा सुधा रिजाल सहसंयोजक, केशरमणि अर्याल सदस्य, यज्ञ बहादुर राना र हरि प्रसाद इग्नाम वैकल्पिक सदस्य हुनुहुन्छ ।

साधारण सभाले निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क समेत तकेको छ । जसअनुसार अध्यक्षको उम्मेदवारका लागि १५ हजार, उपाध्यक्षको लागि १० हजार र सदस्यका लागि पाँच हजार रुपियाँ शुल्क तोकिएको छ ।

साधारण सभाले खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरिमान राईलाई निरिक्षकमा नियुक्त गरेको छ । बैठकको निर्णय पुस्तिका प्रमाणित गर्न सदस्यमा सानेपा क्लबका अध्यक्ष ध्रुबबिक्रम पाण्डे, नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दिपक चित्रकार र रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?