logo
२०८१ बैशाख १३ बिहीवार



पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

फुटबल |
खेलकुद |


पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट


काठमाडौँ, चैत १६ गते । पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप २०२२ मा छनोट भएका छन् । युरोपेली छनोट अन्तर्गत म3|गलबार राति भएको प्लेअफ फाइनलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० गोलले हरायो । अर्को प्लेअफ फाइनलमा पोल्यान्डले स्वीडेनलाई २–० गोलले स्तब्ध बनाउँदै विश्वकप यात्रा तय गरेको हो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गर्नुभयो । पोर्चुगलले ३२औँ मिनेटमा ब्रुनो फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो। ६५औँ मिनेटमा ब्रुनोले डिओगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई विश्वकपमा पुर्याउनुभयो । यसैगरी घरेलु मैदानमा पोल्यान्डलाई जिताउन कप्तान रोबर्ट लेवान्डोस्कीले ५०औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्नुभयो ।

पिओटर जिलेन्स्कीले ७२औँ मिनेटमा गोल गर्दै पोल्यान्डलाई सजिलै जिताउनुभयो । अर्को प्ले अफको फाइनलमा वेल्सले स्कटल्यान्ड र युक्रेनबीचको विजेतासँग खेल्नेछ । स्कटल्यान्ड र युक्रेनबीचको प्ले अफको सेमिफाइनल खेल स्थगित अवस्थामा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?