logo
२०८० चैत्र १६ शुक्रवार



इजिप्टलाई हराउँदै सेनेगल विश्वकपमा

फुटबल |
खेलकुद |


इजिप्टलाई हराउँदै सेनेगल विश्वकपमा


काठमाडौँ, चैत १६ गते । कतार विश्वकप छनोट अन्तर्गत अफ्रिकी महादेशको प्लेअफमा इजिप्टलाई हराउँदै सेनेगलले विश्वकपमा स्थान बनाएको छ । मंगलबार राति भएको प्लेअफको दोस्रो लेगमा सेनेगलले इजिप्टलाई टाइ्रब्रेकरमा ३-१ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा खेलमा बोउलाए डियाले तेस्रो मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् । पहिलो लेगमा इजिप्टले १-० गोलले विजयी भएको कारण समग्रमा खेल १-१ को बराबरी भएपछि विजेताको निर्णय टाइ्रब्रेकरबाट गरिएको हो ।

टाइ्रब्रेकरमा सेनेगलका साडियो माने, बाम्बा र इस्माइला सारले गोल गर्नुभयो । इजिप्टका अमर इल सोलियाले मात्र गोल गर्न सक्नुभयो । मोहमद सलाह, मोस्ताफा मोहमद र अहमेद सायद टाइ्रब्रेकरमा चुक्नुभयो । सेनेगलसँगै अफ्रिकाबाट क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया कतार विश्वकपमा छनोट भएका छन् । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?