logo
२०८१ बैशाख १४ शुक्रवार



एसियन कप छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

फुटबल |
खेलकुद |


एसियन कप छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा


काठमाडौँ, चैत १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी एसियन कप छनोट खेलको तयारीमा लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार २४ जना खेलाडी बन्द प्रशिक्षणका लागि बोलाउनुभएको हो ।

नेपाली टोलीकोे बन्द प्रशिक्षण अप्रिल १५ तारिखबाट हुने एन्फाले जनाएको छ । एएफसी एसियन कप छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन् । नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो ।

समूह चरणको खेल जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ । एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनीष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?