logo
२०८१ बैशाख १४ शुक्रवार



फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो

फुटबल |
खेलकुद |


फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो


काठमाडौँ, चैत १६ गते । विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान खस्किएर १६८औँ स्थानमा झरेको हो । यसअघि नेपाल १६७औँ स्थानमा थियो ।

नेपाल हालै थाइल्यान्डसँग खेलेमो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएका कारण परियता खस्किएको हो । अघिल्लो साता मात्र नेपाल थाइल्यान्डसँग उसैको मैदानमा २–० गोलले पराजित भएको थियो । दक्षिण एसियाली राष्ट्र (साग) मा भने नेपाल तेस्रो स्थानमा छ । भारत शीर्ष स्थानमा छ । भारत समग्रमा १०६ र दोस्रो स्थानमा रहेको माल्दिभ्स १५६औँ स्थानमा छ ।

यसैगरी भुटान १८७औँ बंगलादेश १८८ औँ, पाकिस्तान १९७औँ र श्रीलंका २०५औं स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । बेल्जियम दोस्रो फ्रान्स तेस्रोमा, अर्जेन्टिना चौथो र इङल्यान्ड पाँचौँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?