logo
२०८१ बैशाख १३ बिहीवार



फिफा विश्वकप : स्पेन र जर्मनी एउटै समूहमा

फुटबल |
खेलकुद |


फिफा विश्वकप : स्पेन र जर्मनी एउटै समूहमा


काठमाडौँ, चैत १९ गते । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक भएको छ । कतारको दोहामा शुक्रबार राति सार्वजनिक गरिएको ‘ड्र’ मा उपाधि दावेदार स्पेन र जर्मनी एउटै समूहमा परेका छन् ।

विश्व फुटबल महासंघ (फिफ) ले सहभागी ३२ देशलाई वरीयताका क्रममा राखेर ‘ड्र’ सार्वजनिक गरेको हो । ‘ड्र’ अनुसार स्पेन, जर्मनी र जापान यस समूह ‘ई’ मा परेका छन् । यस समूहमा कोस्टारिका र न्युजिल्यान्डबीचको प्लेअफ विजेता पनि रहनेछ ।

साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । तुनाल्तमक रुपमा फ्रान्सलाई यस समूह सहज छ । यस समूहमा डेनमार्क, ट्युनिसिया र प्लेअफबाट आउने एक टोली रहनेछ । प्लेअफबाट यूएई, अष्ट्रेलिया र पेरु मध्ये एक टोली आउने छ ।

यसैगरी समूह ‘ए’ मा आयोजक कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर परेको छ । समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान तथा प्लेअफबाट आउने वेल्स, युक्रेन र स्कटल्यान्ड मध्ये एउटा टोली रहनेछ । समूह ‘सी’ मा लियोनल मेस्सीको टोली अर्जेन्टिनासँगै मेक्सिको, पोल्याण्ड, साउदी अरेविया रहेको छ । समूह ‘एफ’ मा बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा परेको छ ।

समूह ‘जी’ मा ब्राजिल, स्विजरल्यान्ड, सर्बिया र क्यामरुन छ । समूह ‘एच’ मा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेको छ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?