logo
२०८१ बैशाख १३ बिहीवार



मच्छिन्द्र र श्रीलंकन ब्लु स्टारको खेल मंगलबार

फुटबल |
खेलकुद |


मच्छिन्द्र र श्रीलंकन ब्लु स्टारको खेल मंगलबार


काठमाडौँ, चैत १९ गते । एएफसी कप छनोट २०२२ को प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा मच्छिन्द्र क्लबले जानकारी दिएको छ ।

दशरथ रंगशालामा हुने खेल खेल्न ब्लु स्टार टोली काठमाडौँ आईसकेको छ । मच्छिन्द्रले यस खेलमा दर्शकको शुल्क भिआईपी प्यारापिटमा एक हजार र साधारण प्यारापिटमा पाँच सय रुपियाँ राखेको छ । क्लबले खेलअघि दर्शकलाई थप मनोरञ्जन दिन कन्सर्ट सकेत आयोजना गर्ने जनाएको छ ।

मच्छिन्द्रले घरेलु मैदानमा यस खेल जिते अर्को चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ तारिख खेल्नेछ । लिग च्याम्पियन मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। यस अघिल्लो संस्करण पनि च्याम्पियन बनेको मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स नभएका कारण छनोट खेल गुमाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?