logo
२०८१ बैशाख १२ बुधवार



बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

फुटबल |
खेलकुद |


बार्सिलोना ला लिगाको दोस्रो स्थानमा


काठमाडौँ, चैत २१ गते । बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियालाई १–० गोलले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गर्नुभयो ।

पेड्रीले ७२औँ मिनेटमा औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाउनुभएको थियो । बल पोसेसनमा पकड जमाएप्नि बार्सिलोनालाई गोल फर्काउन निकै संघर्ष गर्नुपरेको थियो । जितसँगै बार्सिलोनाले २९ खेलबाट ५७ अंक बनाएको छ ।

बार्सिलोनाले समान ५७ अंक बनाएको एट्लेटिको म्याड्रिड र सेभियालाई गोल अन्तरका आधारमा पछि पारेको हो । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १२ अंकले पछाडी छ । एक खेल बढी खेलेको रियलको ६९ अंक छ । अन्य खेलमा एथ्लेटिक बिल्बाओले इल्चेलाई २–१ र रियल बेटिसले ओसासुनालाई ४–१ गोलले पराजित गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?