logo
२०८१ बैशाख ७ शुक्रवार



पीएसजीको जितमा नेयमार, एमबाप्पे र मेस्सीको गोल

फुटबल |
खेलकुद |


पीएसजीको जितमा नेयमार, एमबाप्पे र मेस्सीको गोल


काठमाडौँ, चैत २१ गते । स्टार खेलाडीहरु नेयमार, केलियन एमबाप्पे र लियोनल मेस्सीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टलाई ५–१ गोलले हरायो ।

पीएसजीको सानदार जितमा नेयमार र एमबाप्पेले दुई दुई तथा मेस्सीले एक गोल गर्नुभयो । लोरियन्टका तेरेम मोफीले सान्त्वना गोल फर्काउनुभयो । पीएसजीले १२औँ मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । नेयमारले एमबाप्पेको पासमा गोल गर्नुभएको हो । २८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । ५६औँ मिनेटमा तेरेम मोफीले गोल गर्दै पाअुना टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । ६७औँ मिनेटमा एमबाप्पेले अचरफ हाकिमीको पासमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।

७३औँ मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीको अग्रता बलियो बनाउनुभयो । ९०औँ मिनेटमा नेयमारको एमबाप्पेको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई दोस्रो स्थानको मार्सेलीको ५६ अंक छ । पराजित लोरियन्ट २८ अंक सहित १६औँ स्थानमा छ । आइतबार रातिनै भएको खेलमा मार्सेलीले सेन्ट इटिनेलाई ४–२ गोलले पराजित गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?