logo
२०८१ बैशाख १२ बुधवार



त्रिदेशीय टी–२० सिरिज : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

क्रिकेट |
खेलकुद |


त्रिदेशीय टी–२० सिरिज : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौँ, चैत २१ गते । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले अहिले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपाल अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ ।

पीएनजी पनि नेपाललाई हराएर दोहोरो उपाधि घर लैजाने अभियानमा छ। टी–२० सिरिजअघि नेपालविरुद्ध दुई खेलको एकदीवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । तर टी–२० सिरिजको लिगका दुईवटै खेलमा पीएनजी नेपालसँग पराजित भएको छ ।

लिगका चारवटै खेलमा अपराजित नेपाल फाइनल खेलमा पनि उही लय कायम राख्दै घरेलु मैदानमा उपाधि जित्ने तयारीमा छ । नेपालका कप्तान सन्दीप लामिछानेका लागि घरेलु मैदानमा यो पहिलो कप्तानी उपाधि हुनेछ । कप्तान सन्दीपले फाइनलमा दवाबरहित प्रदर्शन गर्ने बताउनुभएको छ ।

पीएनजीविरुद्ध नेपालको प्लेइङ : ११

सन्दीप लामिछाने (कप्तान), दिलीपनाथ (विकेट किपर) कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?