logo
२०८१ बैशाख ८ शनिवार



श्रीलंकन ब्लु स्टारलाई हराउने मच्छिन्द्रको दाबी

फुटबल |
खेलकुद |


श्रीलंकन ब्लु स्टारलाई हराउने मच्छिन्द्रको दाबी


काठमाडौँ, चैत २१ गते । शहिद स्मारक लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ । साँझ ५ः०० बजे सुरु हुने यस खेलमा मच्छिन्द्रले स्पस्ट जितको लक्ष्य राखेको प्रशिक्षक प्रवेश कटुवालले बताउनुभयो ।

‘टोलीमा अनुभवी र सबै लिगमा खेलेका सेटका खेलाडी छन् । हाम्रो लक्ष्य छनोटको समूह चरण पुग्नु हो । हामीलाई केही दवाव त हुन्छ । तरपनि हामी जितका लागि सक्षम छौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा कटुवालले भन्नुभयो ।

मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले पनि टोलीको एउटै लक्ष्य समूह चरण पार गर्ने रहेको बताउनुभयो । ‘हामी शतप्रतिशत मिहेनत गरेर खेल्नेछौँ । घरेलु समर्थक र फुटबल प्रेमीलाई खुशी दिँदै अर्को चरणमा पुग्न चाहन्र्छौँ,’ श्रेष्ठले भन्नुभयो । मच्छिन्द्रले मंगलबार ब्लु स्टारलाई हराएर अर्को चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ तारिख खेल्नेछ । लगातार दोस्रो पटक लिग च्याम्पियन मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो।

यस अघिल्लो संस्करण पनि च्याम्पियन बनेको मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स नभएका कारण छनोट खेल गुमाएको थियो । ब्लु स्टारका प्रशिक्षक राजमान्य डेभासगयामले मछिन्द्रविरुद्ध संयमित भएर जितका लागि खेल्ने बताउनुभयो । ‘हामीले मछिन्द्र बलियो टोली हो । हामीले  राम्रो तयारी गरेर आएका छौँ । आशा छ, हामी दोस्रो चरणमा पुग्नेछौँ,’ राजमान्यले दाबी गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?