logo
२०८० असोज ७ आईतवार



मच्छिन्द्र प्रारम्भिक चरणबाटै बाहिरियो

फुटबल |
खेलकुद |


मच्छिन्द्र प्रारम्भिक चरणबाटै बाहिरियो
फाइल तस्बिर


काठमाडौँ, चैत २२ गते। श्रीलंकाको ब्लु स्टार एससीसँग घरेलु मैदानमा हार खेपेपछि नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोट खेलको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

दशरथ रंगशालमा मंगलबार भएको खेलमा मच्छिन्द्र ब्लु स्टार एससीसँग २–१ गोलले पराजित भयो। ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गर्नुभयो। मछिन्द्रका कप्तान सुजल श्रेष्ठले खेलको अन्तिमा सान्त्वना गोल फर्काउनुभयो।

ब्लु स्टारले पहिलो हाफमा पेनाल्टीको अवसर समेत गुमाएको थियो। दोस्रो हाफमा राम्रो प्रदर्शन गरेपनि मच्छिन्द्रले पहिलो हाफमा लय गुमाएको थियो। विजेता ब्लु स्टार एससीले अव दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग अप्रिल १२ तारिख खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?