logo
२०८१ बैशाख ८ शनिवार



साविक विजेता चेल्सी र रियल म्याड्रिड भिड्दै

फुटबल |
खेलकुद |


साविक विजेता चेल्सी र रियल म्याड्रिड भिड्दै


काठमाडौँ, चैत २९ गते । च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनल भिडन्तमा आज (मंगलबार) राति साविक विजेता इङ्लिस क्लब चेल्सी र स्पेनिस पावर हाउस रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । रियलको घरेलु मैदानमा राति १२ः४५ बजे हुने खेलमा दुवै टोली जितका लागि तयार देखिएका छन् ।

रियल चेल्सीलाई यस खेलमा हराएर सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ । यसअघि पहिलो लेगमा रियलले चेल्सीलाई ३–१ गोलले हराएको थियो । रियलका लागि अगाडि बढ्न केही सहज देखिएको छ । चेल्सीलाई अगाडी बढ्न फराकिलो जितको आवश्यकता छ । त्यसैले यस सिजन उच्च लयमा रहेको रियललाई रोक्न चेल्सीलाई हम्मेहम्मे पर्ने देखिएको छ ।

च्याम्पियन्स लिगकै अर्को खेलमा आज राति नै जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्दैछ । पहिलो खेलमा भिल्लारियलसँग १–० गोलले पराजित भएको बायर्न यस खेलका जित निकाल्दै अगाडि बढ्ले लक्ष्यमा छ । तर भिल्लारियल दोस्रो लेगमा पनि बायर्नलाई हार चखाउने अभियानमा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?