logo
२०८१ जेष्ठ ४ शुक्रवार



मज्जाले रुनुहोस् स्वास्थ्य लाभ लिनुहोस्

स्वास्थ्य |


मज्जाले रुनुहोस् स्वास्थ्य लाभ लिनुहोस्


यलु जोशी-

काठमाडौं, भदौ ७ गते । हाँस्दा स्वास्थ्यको लागि फाइदा हुनेबारे हामीले सुनेका छौं तर, रुँदा पनि फाइदा हुन्छ भनेर कमैलाई थाह होला ।
मानिस दुई हिसाबले रुन्छन् एउटा खुशीमा र अर्को दुःखमा । तर, सामान्यतः रुन कसैलाई पनि मन पर्दैन । तर, चिकित्सकको भनाई मान्ने हो भने मानिसले बेलाबेलामा रुनु पनि पर्छ । रुनु स्वास्थ्यका लागि लाभदायी मानिन्छ ।
संयुक्त राज्य अमेरिकाको मेडिकल युनिभर्सिटी अफ ओहायोले गरेको अनुसन्धानमा पनि रुँदा शरीर हल्का हुनुको साथै दुःखलाई लुकाएर राख्नुभन्दा त्यसलाई बाहिर निकाल्नु नै राम्रो हुने जनाइएको छ ।
अनुसन्धानमा भावनात्मक, शारीरिक र सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु निस्कने बताइएको छ । मानिसले तीन किसिमका आँसु निकाल्छन् ः बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु खुशीका कारण निस्कन्छ । रिफ्लेक्स आँसु धुँवा वा प्रदूषणका कारण निस्कन्छ । साइकिक आँसु भावका कारण निस्कन्छ । यही साइकिक आँसु निस्कँदा तौल कम हुने हो ।
हाँस्नु मानिसका लागि स्वस्थकर मानिन्छ, त्यसैगरी, रुँदा मन हल्का हुनेमात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुने आयुर्वेदिक डा.रुवि बज्रार्चायले बताउनुभयो ।
उहाँको अनुसार जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् ।
शरीरमा म्याग्निज बढी हुँदा थकाई, रिसजस्ता समस्या आउँछन् डा बज्राचार्यले भन्नुभयो, रुनाले शरीरमा म्याग्निजको स्तर कम हुन्छ, जसबाट मष्तिस्क राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।
यता मनोविशेषज्ञ बाँसु आचार्यले पनि बढी तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिने दाबी गर्दे भन्नुभयो, महिला पुरुषको तुलनामा बढी रुने भएको कारण पनि महिलामा तनाव कम देखिन्छ ।
समस्या परेको समयमा दिमाग र मुटको प्रणाली सहज हुन्छ जसले आराम प्रदान गर्छ । रुँदा मन सफा तथा हल्का महसुस हुने जानकारी दिनुभयो ।
उहाँले रोएपछि लगभग ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुने दाबी पनि गर्नुभयो ।
डा बज्राचार्यले भन्नुभयो, महिला वर्षमा ४७ पटक रुन्छन् भने पुरुष ७ पटक रुन्छन् । मान्छे औषत ६ मिनेट रुन्छ । साँझ ७६ बजेदेखि १० बजेको समयमा मान्छे सबैभन्दा धेरै रुने गरेको पाइन्छ ।
उहाँले रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैंन र यसो गर्दा आँखाको दृष्टि क्षमता बढ्ने जानकारी दिनुभयो ।
यसैगरी आखाँ विशेषज्ञ डा.समिता अग्रवालले रुँदा आँखा चम्किलो हुनुको साथै तेज हुने जानकारी दिनुभयो ।
उहाँले यदि आँसु आएन भने र सुख्खा रह्यो भने दृष्टि समस्या हुन सक्ने बताउँदै आँसुले कीटाणु समाप्त हुने प्रष्ट पार्नुभयो ।
आँसुमा लिसोजाइमक नामक तरल पदार्थ हुन्छ, जसले ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् कीटाणु हटाइदिन्छ डां अग्रवालले भन्नुभयो, विषाक्त पदार्थ बाहिर निकाल्छ । जब दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?