logo
२०८१ जेष्ठ ४ शुक्रवार



स्याङ्जामा डेङ्गुका एक बिरामी

स्वास्थ्य |


स्याङ्जामा डेङ्गुका एक बिरामी


वालिङ, भदौ ९ गते । स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।
उक्त कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे । गत बिहीबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनको ल्याब परीक्षणका क्रममा डेङ्गु भेटिएको पुष्टि भएको उहाँले बताउनुभयो ।

डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्छ शुरुमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ तथा हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेङ्गुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने बताइएको छ । डेङ्गुबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुल प्रयोग गर्न पनि सुझाव दिइएको छ ।प्रहरीको प्रतिष्ठा उच्च बनाउन आफू र आफ्ना मातहतका प्रहरी संवेदनशील छ भन्नुभयो ।

सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले शान्ति सुरक्षाका साथै सीमाको निगरानीमा आफूहरु कटिबद्ध रहेकाले कुनै समस्या आए समाधानका लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी र प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले अस्तव्यस्त ट्राफिक अवस्था, अनियन्त्रित पार्किङ, दैनिक हुने लुटपाट र चोरीका घटना नियन्त्रण गर्न सोहीअनुरुप योजना बनाइ आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्लास्थित उद्योग सङ्गठनले आज यहा“ आयोजना गरेको स्वागत कार्यक्रममा हालै सरुवा भई आउनु भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी प्रशासनका प्रमुखहरूको सम्मानमा उहा“हरुले सो धारणा व्यक्त गर्नुभएकोे हो । आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भीम घिमिरेले, तथा पूर्वअध्यक्ष सुशील धनावत, उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा र राकेश सुरानाले शान्ति सुरक्षाका सवालमा सुरक्षा निकायलाई सहयोग पु¥याउन सङ्गठन सदैव तत्पर रहेको र आम जनताले अनुभव गर्न पाउने गरी सुरक्षा व्यवस्था कायम गर्न माग गर्नुभयो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?