logo
२०८१ जेष्ठ ४ शुक्रवार



कर्माचार्यकाे १ सय ५९ औं पटक रक्तदान

१८ वर्ष उमेर कटेपछि मानिस रक्तदान गर्न सक्षम हुन्छ

स्वास्थ्य |


कर्माचार्यकाे १ सय ५९ औं पटक रक्तदान


सरोज ढुंगेल-
काठमाडौँ, भदौ १६ गते । सबैभन्दा धेरै पटक रक्तदान गरेर नेपालमा कीर्तिमान कायम गर्न सफल प्रेमसागर कर्माचार्यले १ सय ५९ औं पटक रक्तदान गर्नुभएको छ ।

नेपाल स्वंयसेवी रक्तदाता समाज तनहुँ, समाधान अस्पताल र जागौं युवा नेपालको संयुक्त आयोजनामा दमौलीमा भएको रक्तदान कार्यक्रममा उहाँले १ सय ५९ औ पटक रक्तदान गर्नुभएको हो ।

बिरामीलाई रगत आवश्यक परेको बेलामा कर्माचार्यले तत्काल ब्लड बैंक वा अन्यबाट रगतको व्यवस्था मिलाउने गर्नुहुन्छ ।

नेपाल स्वंयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहनुभएका कर्माचार्यले उपत्यका बाहिर म्याग्दी, दोलखा, दाङ, कैलाली, कास्की, रुपन्देही, कपिलबस्तुलगायतका जिल्लामा पुगेर रक्तदान गरिसक्नुभएको छ ।

उहाँले ‘सर्वसाधारणमा रक्तदान गर्नुपछर्’ भन्ने सन्देश प्रवाह गर्न आफूले निरन्तर रक्तदान गर्दै आएको जानकारी दिनुभयो ।

‘१८ वर्ष उमेर कटेपछि मानिस रक्तदान गर्न सक्षम हुन्छ,’ कर्माचार्यले भन्नुभयो,‘रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या हुँदैन भन्ने सन्देश दिन जिल्ला–जिल्लामा गएर रक्तदान गर्ने गरेको छु ।’

उहाँले रक्तदान मानव जीवनको महान दान भएकाले रक्तदानमा सहभागी हुनु सराहनीय कार्य भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?