logo
२०८१ जेष्ठ ८ मंगलवार



सहुलियतपूर्ण स्वास्थ्य उपचार गर्ने विषयमा सहमति

स्वास्थ्य |


सहुलियतपूर्ण स्वास्थ्य उपचार गर्ने विषयमा सहमति


ललितपुर, भदौ २१ गते । ललितपुर महानगरपालिका वडा नम्बर १६ र रचना आयुर्वेदिक केन्द्रबीच स्थानीयबासीको सहुलियतपूर्ण स्वास्थ्य उपचार गर्ने विषयमा सहमति भएको छ ।
फिजियोथेरापी तथा आयुर्वेद उपचार स्वास्थ्य केन्द्रको घोषणा गर्दै पाँचवर्षसम्म रचना आयुर्वेदिक केन्द्रले यस केन्द्रलाई स्वास्थ्य सेवा प्रदान गर्ने कुरा सहमतिपत्रमा उल्लेख गरिएको छ

सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले कुनै पनि साइड इफेक्ट नहुने आयुर्वेदिक स्वास्थ्यसेवा अत्यन्त राम्रो भएकाले महानगरपालिकाभर यस्तो सेवालाई प्रर्वद्धन गरिने बताउनुभयो ।
वडास्तरमा लागू गरिने यस सेवालाई सुचारु गर्न वडा नम्बर १६ ले दश लाख रुपियाँ आर्थिक सहायोग गर्ने उक्त वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।
कार्यक्रममा बृहत निशुल्क फिजियोथेरापी र आयुर्वेदिक स्वास्थ्य उपचारको समापन गर्दै स्वय्मसेवकहरुलाई प्रशंसापत्र पनि वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?