logo
२०८१ जेष्ठ ४ शुक्रवार



सञ्जीवनी स्वास्थ्य उपचार कोषमा तीन लाख २६ हजार २१ रुपियाँ प्रदान

स्वास्थ्य |


सञ्जीवनी स्वास्थ्य उपचार कोषमा तीन लाख २६ हजार २१ रुपियाँ प्रदान


गोरखापत्र समाचारदाता
काठमाडौं, भदौ २२ गते । जिमी (राई) उत्थान समाज, सोलुले स्थापना गरेको ‘जिमी (राई) सञ्जीवनी स्वास्थ्य उपचार कोष’ मा विभिन्न महानुभावले तीन लाख २६ हजार २१ रुपियाँ प्रदान गर्नुभएको छ ।

चार वर्षअघि स्थापना भएको कोषमा यसअघि नै करिब १७ लाख रुपियाँ जम्मा भइसकेको छ ।

समाजको २१ औं साधारणसभाका अवसरमा अक्षयकोषमा जम्मा हुने गरी अगमराज राई दुई लाख, कुलरत्न राई ६५ हजार २१ रुपियाँ र मुलीवीर राईले ६१ हजार गरी तीन लाख २६ हजार २१ रुपियाँ प्रदान गर्नुभएको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद हेमकुमार राईले बाडेन राई, कुलरत्न राई, बियस राई, धनमाया खालिङ र अमृता राईलाई नगद पुरस्कार तथा सम्मानपत्रबाट सम्मानित गर्नुभयो ।

समाजले विभिन्न समयमा स्थापना गरेको शिक्षा, स्वास्थ्य, खेलकूद, पत्रकारिता, साहित्य तथा कला अक्षय कोषमा हालसम्म करिब ५९ लाख रुपियाँ जम्मा भएको जानकारी महासचिव बिक्रमबाबु राईले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?