logo
२०८१ जेष्ठ ७ सोमवार



अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली

स्वास्थ्य |


अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली


प्रतीक शर्मा

सल्यान, असोज ७ गते । सल्यान अस्पतालमा रहेका सबै विवरण डिजिट गर्ने कार्यको सुरुवात भएको छ ।

सरकारी अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सल्यान अस्पतालमा पहिलो पटक इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको हो ।

स्वास्थ्य तथ्याङ्क गुणस्तरीय बनाउन, स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको अवस्थालाई सफ्टवेयरमा सुरक्षित राखिने निक साइमन इन्टिच्युट कर्णाली प्रदेश प्रमुख जर्नादन पाठकले बताउनुभयो । उहाँले सो सफ्टवेयरमा बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्मको प्रक्रियालाई जस्ताको त्यस्तै इन्ट्री गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको जानकारी दिनुभयो ।

पाठकका अनुसार अस्पतालमा एकपटक सेवा लिई सकेको बिरामी सबै विवरण राख्न्छि । पुराना बिरामी पुनः उपचारमा आउने बिरामीहरुको व्यवस्थापन गर्न अपूर्ण मेडिकल रेकर्डसिटका भरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई चुनौति हुन्छ त्यसका लागि यो निकै राम्रो छ’

जोखिमपूर्ण बिरामीहरुको यथासम्भव छिटो अवस्था पहिचान गरी रोगको निदान, गुणस्तरीय मेडिकल रेकर्डले बिरामीको विगतको उपचार गर्दाको स्थिती जस्ताको त्यस्तै उपलब्ध गराउँने उहाँको भनाई छ ।

स्वास्थ्य संस्थाले रोगको वार्षिक व्यवस्थापन योजना बनाउन, प्रत्येक रोगको स्वास्थ्य संस्थामा उपचार व्यवस्थापन गर्न, आवश्यक मेसिन उपकरण औजारहरुको ब्यबस्थापन गर्न, र अस्पतालमा गरिएका सेवाहरुको मासिक प्रतिवेदन तयार गर्न इएमआर निकै फलदायी हुने सल्यान जिल्ला अस्पतालका डा. प्रदिप शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – पेपरवेसमा आधारित मेडिकल रेकर्डिङ प्रणालीका धेरै सिमाहरु भएको हुँदा स्वास्थ्य तथ्याङ्कको गुणस्तरका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड सुरु भएको छ । अब कागजको प्रयोग हुदैन । यो आर्थिक हिसावले पनि कम खर्चिलो हो ।

इएमआर प्रणालीको प्रयोगले बिरामीको आर्थिक भार कम हुनुका साथै डाक्टरको समयको पनि बचत हुने डा. प्रदिप शर्माको भन्नुभयो – पटक पटक परीक्षण गराउँदा रेडियसन वा यस्तै हानिकारण तत्वले शरीरमा हानी पु¥याउनु भएकाले इएमआर प्रणालीले यसको अन्त्य गर्ने शर्माको भनाई छ ।

सल्यान अस्पतालमा निक साइमन्स इन्टिच्युटको करिब ४० लाख र कोजेनको झन्डै ६० लाख गरी एक करोडको लगानीमा सेवा सुचारु भएको हो ।

यस्तै आज एक कार्यक्रमको बिच इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली उदघाटन गरिएको हो । निक साईमनको सम्झनामा स्थापित निक साइमन इन्टिच्युट संस्थापक जिम र मेलिनले आफ्ना छोराले नेपालमा आत्मीयता धेरै पाएको बताएको र उहाँको निधन पश्चात् आफुहरुले नेपालमा स्वास्थ्य क्षेत्रमा केही सेवा गर्न लागि परिरहको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टले स्वास्थ्य क्षेत्र सबैको साझा सवाल भएकोले सरकारी र गैह्रसकारी क्षेत्र, समाजीक क्षेत्रका ब्यक्तित्व सवैको योगदान आवश्यक हुने बताउनुभयो । कणाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता जोशी, निक साईमन निर्देशक अनिल श्रेष्ठ, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी र प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले लगातले निक साईमन इन्टीच्युटले गरेको योगदानले स्वास्थ्य क्षेत्रमा धेरै फाईदा पुगेको बताउनुभएको थियो ।

सल्यान अस्पताल सल्यानका अध्यक्ष दामोदर शर्माले सबैसँग सहकार्य गररेर जनतालाई स्वास्थ्य सेवालाई प्रभावकारी वनाउने बताउनुभयो । उहाँले भन्नुभयो– अस्पताल आफैले मात्र केही गर्न सक्दैन संघ, प्रदेश र स्थानीय सरकारले आवश्यक सहयोग गर्नु पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?