गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १२ गते । विश्व मुटुरोग दिवसको अवसरमा गरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले ‘डा. रेग्मी बाथमुटुरोग अनुसन्धान’ कोष स्थापना गर्नुभएको छ ।
उहाँले उक्त कोषमा व्यक्तिगत तर्फबाट १० लाख रकमको कोष स्थापना गरी त्यसलाई बढाएर एक करोड पु¥याउने लक्ष्य लिनुभएको छ ।
नेपालमा बाथमुटुरोगको उच्च जोखिम रहेको भन्दै उहाँले बाथमुटुरोगको क्षेत्रमा अनुसन्धान गर्न उक्त कोष स्थापना गरेको बताउनुभयो । अहिले मैले व्यक्तिगत रुपमा १० लाखको कोष स्थापना गरेको छु,डा. रेग्मीले भन्नुभयो,‘आगामी १० वर्ष भित्रमा त्यसलाई बढाएर एक करोड पु¥याइनेछ ।”
बाथमुटुरोग अध्ययन् अनुसन्धान र रोकथाममा सहयोगको लागि कोष स्थापना गरेकोे जानकारी दिदै उहाँले बाथमुटुरोगको क्षेत्रमा अनुसन्धान साथै यो क्षेत्रमा काम गरीरहेका सस्था तथा व्यक्तिलाई पुरस्कृत समेत गरिने बताउनुभयो ।
‘नेपालमा बाथमुटुरोगको अवस्था भयावह बन्दै गएको भन्दै रेग्मीले यसको अनुसन्धान र रोकथाम अहिलेको आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि सधै अरुको मुख ताकेर मात्रै पनि सम्भव छैन रेग्मीले भन्नुभयो,“ त्यसैले आफैले केही गरौँ भनेर यो कोष स्थापना गरेको हो ।” नेपाल हृदयरोग प्रतिष्ठानका अनुसार नेपालमा १ प्रतिशत बालबालिकामा बाथमुटुरोगको समस्या हुने गरेको छ ।