शिवराज योगी
आजपनि दुर्गम गाउँमा ‘गरिबको खान्की’का रूपमा चिनिन्छ सिस्नो । फापर, कोदो र मार्सी शहर पसिसके तर समयक्रमले बहुउपयोगी र बहुगुणी भनेर स्थापित गर्न सकेको छैन सिस्नोलाई ।
अविकसित र विकट गाउँका विपन्नहरूले ‘छाक टार्न’ परापूर्वकालदेखि खाँदै आएको सिस्नोलाई शहरियाको परिकारका रूपमा स्थापित गर्न चाहन्छिन् विन्ती गुरुङ । पुख्र्यौली घर लमजुङ भए पनि कहिल्यै सिस्नोघारी नदेखेकी उनी सिस्नोको महìव र पहिचान स्थापित गर्न विदेशबाट फर्किएरै लागेकी हुन् ।
व्यक्तिगत रूपमा तमाम सम्भावना र अवसरलाई इन्कार गर्दै उनी सिस्नो चिनाउने अभियानमा जुटेकी छन् । यो अभियानमा लाग्ने प्रेरणा भने उनलाई अध्ययनका क्रममा न्यूजिल्याण्डमा रहँदा मिलेको हो । नेपालमै केही गर्नुपर्छ भन्ने थप ऊर्जा उनलाई बेलायतमा खाद्य संस्कृति देख्दा मिल्यो ।
“म न्यूजिल्याण्डमा रहँदा खानाको ‘ट्रेन्ड’ हेरेँ । पछि बेलायत जाँदा त्यहाँका मानिसहरू ‘ब्याक टु नेचर’ अभियानमा रहेछन्”, कुराकानी गर्दै जाँदा उनले भनिन् ।
उनीहरू जङ्गल गएर आफैँ टिपेर ल्याएको साग, तरकारी र फलफूल खान थालेको कुराले विन्तीलाई भित्रैदेखि छोयो । उनले भनिन्, “हाम्रो त भएको संस्कृति पनि मासियो, पहिला पहिला हाम्रा पुर्खा जङ्गलबाट घेरैथरी सागसब्जी टिपेर खान्छे, अहिले त्यो छैन । ‘रेडिमेड’ र ‘प्याकिङ’ तिर हाम्रो ध्यान केन्द्रित
भएको छ ।”
आफ्ना पुर्खाले खाएको, गरेको तौरतरिका निकै वैज्ञानिक र ‘अग्र्यानिक’ हो भन्ने लागेपछि विन्तीलाई लाग्यो– यो त बचाउनुपर्छ । अनि उनले स्थापना गरिन् ‘नेचुरल रुट्स कम्पनी’ । जुन कम्पनीले सिस्नोको कुकिज, सिस्नोको बिस्कुट सिस्नोको ब्रेड, सिस्नोको पाउडर, फापर र कोदोको बिस्कुट, कुकिज, ब्रेड र केक बनाउँदै आएको छ ।
आफ्ना पुर्खाको मौलिक खाना मात्रै नभएर सिस्नो, फापर र कोदोको गुणबारे पनि उनले निकै अध्ययन गरिन् । “करिब तीन वर्ष त अध्ययनमै गयो”, उनले भनिन्– “सिस्नो, फापर राम्रो हो भनेर मात्रै भएन यसमा कुन तत्व कति हुन्छ भन्ने पनि त स्पष्ट पारिदिनुप¥यो नि ।”
सिस्नोको विभिन्न परिकार ‘राम्रो वस्तु हो’ भन्दै यसअघि पनि बजारमा नआएको होइन । विन्तीले यसमा के राम्रो हो ? कुन तत्व कति छ र के फाइदा गर्छ भन्ने कुरा अनुसन्धानमा समय र पैसा लगानी गरिन् । अहिले उनका उत्पादनमा यसको गुण, दोष, महìव र इतिहाससहितको प्रमाणित लेबल देख्न सकिन्छ ।
हुन त सिस्नोको महìव इतिहासमा पनि देख्न सकिन्छ । ११औँ शताब्दीमा तिब्बतका मिलारापा नामका साधुले सिस्नो खाएरै सिद्धि प्राप्त गरेको विषय विभिन्न पुस्तकमा उद्धृत भएको पाइन्छ तर नेपाली समाजमा सिस्नोलाई गरिबको खाना भनेर दुर्गममै छोडियो, शहर पसाइएन । विन्ती भन्छिन्, “सिस्नो त के अहिलेको शहरिया पुस्ताले त चामल, दूध, दाल र घ्यू पनि मेसिनबाट निस्कन्छ भन्ने ठान्न थालेको छ ।”
हो यही मान्यतालाई स्थापित हुन नदिन उनले मौलिक नेपाली परिकारमध्येको एक सिस्नोलाई अन्तर्राष्ट्रिय बजारसम्म फैलाउन नेचुरल रुट्स कम्पनी स्थापना गरेको सुनाइन् ।
“हुन त यो एक्लै गरेर हुने कुरा होइन । यहाँ कम्पनी स्थापना गर्न, सञ्चालन गर्न, यसको गुणवत्ता पत्ता लगाउनै महाभारत रहेछ तर मेरो सोचाइ सिस्नो बजारमा स्थापित गर्ने हो”, उनले कम्पनी स्थापना गर्दाको दुःख सम्झिइन् ।
आफ्नो कम्पनी सानो भए पनि उनले ठूलो कम्पनीकै मापदण्ड पूरा गरेर दर्ता, सञ्चालन र नवीकरण गर्नुपरेकोमा भने असन्तुष्टि व्यक्त गरिन् ।
“कम्पनीका पनि चरित्र हुन्छन्, कोही नाफामूलक होलान्, कोही सेवामूलक त कोही पहिचानमूलक”, उनले भनिन्– सबैलाई एउटै डोकोमा हालेर व्यवहार गर्न हुँदैन ।
सिस्नो स्थापित गर्ने लक्षमा उनले सफलता प्राप्त गर्दै गएकी छन् । उनको सिस्नोको पिठोबाट बजारमा मःमः, बिस्कुट, सुपसम्म बन्न थालेको छ । काठमाडौँको ठमेलमा रहेको लभिङ हार्ट रेस्टुरेन्टले सिस्नोको मःमः र सुप पस्कन थालेको उनले बताइन् । त्यस्तै पाटनमा रहेको नानाज् डिलाइटले सिस्नोको बिस्कुट तयार गर्न थालेको छ । लाजिम्पाटमा ‘कोचिना मिठो छ’ रेस्टुरेन्टले सिस्नोको सुप बेच्न थालेको र चाला मण्डला पाटनमा सिस्नोको मःमः पाइने उनले जानकारी दिइन् ।
अहिले उनी उत्पादन बढाउन र गुणस्तर कायम राख्न विभिन्न जिल्लाका कृषकसम्म आफैँ पुग्ने गरेकी छन् । कम्पनीलाई चाहिने सिस्नोको गुणस्तर खस्कन नदिन विभिन्न तौरतरिका सिकाउन उनी कैलाली, लुम्बिनी, चितवन पुगेको सुनाउँछिन् ।
न्यूजिल्याण्डबाट फर्केपछि उनले नेपाल जडीबुटी सङ्घमा लामो समय काम गरिन् । त्यहाँ रहँदा उनको सम्बन्ध हुम्ला, डोल्पा, मुगु, ओखलढुङ्गालगायतका किसानसँग भयो ।
“त्यो सम्बन्ध अहिले निकै उपयोगी भएको छ । उहाँहरूले मलाई सिस्नो, फापरलगायत चाहिने कच्चा पदार्थ उपलब्ध गराउनुहुन्छ ।” बताउँदै उनले भनिन्– देशको निर्यात बढाउन यसलाई राष्ट्रिय अभियान नै बनाउनुपर्छ, यो एक्लै गरेर हुँदैन ।
किन सिस्नो महìवपूर्ण छ ? जिज्ञासा स्वभाविक हो । विदेशमा खानामा पनि प्राकृतिक खानाका बारेमा पढाइ हुन थालेको उनले देखेर आएकी छन् । विदेशीले नेपालमा आउँदा सिस्नो चिन्ने अवस्था छ तर नेपालीले नै बिर्सेको अवस्था उनले बुझेकी छन् ।
“सिस्नो चिनाउनुपर्ने कुरा मात्रै होइन” भन्दै विन्तीले त्यसका स्वास्थ्यवद्र्धक कुरा यसरी व्यक्त गरिन्– यसमा जस्तो एन्टिअक्सिडेन्ट अरूमा हुँदैन, यो मधुमेहका बिरामीले खाँदा फाइदा हुने वस्तु मात्र होइन जोर्नीको समस्यामा यो निकै हितकर छ, बाथ रोगीका लागि फाइदाजनक छ, चिसोयाममा यसको सुप लाभकारी छ, यत्ति मात्र हो गर्मी समयमा यो धेरै खानु हुँदैन ।
न्यूजिल्याण्डबाट इतिहास विषयमा मास्टर्स गरेकी विन्तीले गोर्खाली फौज सिन्धुलीगढीमा आएर
लड्दाको इतिहास कोट्याइन्, “त्यसबेला गोर्खाली फौजले बोकेको रासनपानी सकियो । उनीहरूले यही सिस्नो खाएर वीरताका साथ लडेका थिए । अहिले सिस्नो बेच्ने धेरै होलान् तर हामीले यसको महìव पनि विस्तार गर्न खोजेका हौँ ।”
उनले न्यूजिल्याण्डमा अध्ययन सकिएपछि त्यहाँको राजधानी बेलिङ्टनस्थित पुरातत्व विभागमा जागिर पाइन् । उनीसँग पैसा, पद र सुविधा राम्रै थियो तर त्यहाँको समाज पनि प्राकृतिक र परम्परागत कुरामा उनले निकै सचेत देखिन् । नेपालको इतिहास र परम्परासँग पनि धेरै वस्तु जोडिएका छन् भन्ने उनलाई लाग्यो र सिस्नोको प्रवद्र्धन कार्य उनले रोजिन् ।
उनका बुवा अवकाशप्राप्त लाहुरे । आमा कृष्णकुमारी गृहिणी र पनि छोरीको यो अभियानमा उनीहरू सहयात्रामा छन् ।
उनी भन्छिन्, “उहाँहरूको साथ र हौसला छ । बुवाआमाले नै देशमा केही गरेर देखाउनुपर्छ भनेर म यो सब सङ्घर्ष गरिरहेकी छु । ‘फास्टफुड’ को जमानामा मौलिक खाना स्थापित गर्ने अभियानमा हेरौँ कति सफलता मिल्छ ।”
युवामञ्च असोज २०७६