डा. इशा ढुङ्गाना श्रेष्ठ काठमाडौँ न्यूरो अस्पतालको वरिष्ठ नसा रोग विशेषज्ञ हुन् ।
स्नायु अर्थात् नसासम्बन्धी विभिन्न रोग हुन्छन् । जसका असर पनि विभिन्न प्रकारले देखिन्छ । गिदी, मेरुदण्ड (Spinal cord) र हाँगा नसाहरू (Peripheral nervs) स्नायु प्रणालीका मुख्य भाग भएकाले यीमध्ये कुनै पनि भागमा कुनै पनि प्रकारको समस्या पर्न गएमा यिनका मुख्य कार्यमा असर पर्दछ ।
जस्तै देब्र्रे हात चलाउने दाहिने गिदीमा रहेको भागमा रोग÷चोट लागेमा देब्रे हात कमजोर हुन जान्छ । त्यसैगरी मेरुदण्डमाथि गर्दनको मुख्य भागमा चोट लागेमा चोट लागेको भागभन्दा मुनिका भाग हात, खुट्टा आदि कमजोर भई नचल्न सक्छन् । यस्तै मानिसको यौन चाहना, इच्छा, यौनिक क्रियाकलाप तथा यौन सन्तुष्टि आदिलाई नियन्त्रण गर्ने गिदीका भागमा असर पर्न गएमा यौन स्वास्थ्यमा असर पर्छ ।
गिदीका ती भाग जसले यौन चाहना र यौन क्रियाकलापलाई नियन्त्रण गर्दछन्, मा प्रत्यक्ष चोटपटक लाग्न गएमा वा ती भागमा दखल पार्ने खालका रोग लागेमा यौनसम्बन्धी समस्या देखिन्छन् । त्यसैगरी मेरुदण्ड र हाँगा नसाहरू जसले यौनाङ्ग र गिदीका भागलाई जोड्छन्, तिनमा चोट लागेमा अथवा अरू कुनै समस्या देखा परेमा पनि यौन चाहना घट्ने, यौन क्रियाकलापमा सहभागी हुन नसक्ने जस्ता समस्या देखा पर्दछ ।
छारे रोग एउटा यस्तो नसा रोग हो जसमा रोग आफ्नै कारणले पनि यौन समस्या देखिन्छ भने यस रोगको उपचारमा प्रयोग गरिने औषधिले पनि यस्ता समस्या झनै बढाइदिन्छन् । छारे रोग भएका बिरामीमा अत्यधिक या अति न्यून यौन चाहना हुने समस्या देखिन्छ ।
हुन त छारे रोग गिदीको कुन भागबाट तरङ बिग्रिएर भएको छ, त्यसको आधारमा पनि यस रोगको असर फरक पर्दछ । त्यसैगरी छारे रोगको उपचारमा प्रयोग हुने ब्लतष्भउष्भिउतष्अ मचगनक ले पनि पुरुष रोगीमा स्खलनसम्बन्धी समस्या निम्त्याउने सम्भावना रहन्छ तर यस्ता समस्या पनि औषधि सेवन गरिरहेका सबै बिरामीमा एकैनासको भने हुँदैन । कसैलाई अलि बढी नै समस्या पार्दछ भने कतिपयमा यसको नगन्य असर देखिन्छ ।
पार्किन्सन्स रोग दीर्घ स्नायु रोग हो र यो रोग लागेका बिरामी विशेषगरी पुरुष बिरामीमा स्खलनसम्बन्धी समस्या धेरै देखिन्छ । जुन यस रोगमा देखिने डोपामाइन भन्ने गिदीको न्यूरोट्रान्समिटरको कमीका कारणले हुने हो । यस्ता बिरामीमा डोपामाइनका औषधि सेवन गर्दा भने अत्यधिक यौन चाहना हुने समस्या देखिन सक्छ ।
नसा रोगहरूका कारणले देखिने यस्ता यौन समस्याको समुचित समाधान गर्न जरुरी हुन्छ । कतिपय बिरामी यस्ता लक्षण चिकित्सकलाई भन्न हिच्किचाउने गर्छन् । त्यसो नगरी खुलस्त आफ्नो समस्या भनेको खण्डमा समाधानका उपाय निस्किन्छन् । नसा÷स्नायु रोगका औषधिको सेवनबाट देखिएका समस्याको सन्दर्भमा कतिपय औषधिको मात्रा घटबढ गर्ने या औषधि नै परिवर्तन गर्दा पनि समस्या कम गर्न सकिन्छ ।
यीमध्ये कतिपय समस्यामा यौनाङ्गका नसालाई सक्रिय बनाउने औषधिहरू– चक्कीका रूपमा, दल्ने मल्हमका रूपमा र कहिलेकाहीँ ीयअब िक्ष्लवभअतष्यल का रूपमा प्रयोग गरेर उपचार गर्न सकिन्छ ।
निर्वस्त्र सुत्नु राम्रो
यसमा कत्तिको विश्वास लाग्छ, राति निर्वस्त्र सुत्दाको सकारात्मक प्रभाव तपाईंको आयुमा पर्छ । दीर्घायु हुने हो भने राति निर्वस्त्र सुत्नुस् । सन् २०१४ प्रकाशित डाइबिटिज जर्नलमा यस बारेमा उल्लेख गरिएको छ । राति सुत्दा निर्वस्त्र सुत्नुपर्ने कुरामा वैज्ञानिक कारण रहेको छ । राति निदाएका बेला हाम्रो शरीरको तापमान अलि कम हुनुपर्छ । शरीरले आफैँ तापमान कम गर्छ । किनभने शरीरले निष्क्रिय अवस्थामा आफ्नो मर्मत सम्भार गर्दछ ।
निदाएको अवस्थामा अलि चिसो परेको शरीरबाट मर्मत सम्भारमा योगदान गर्ने हर्मोनहरू निस्कन्छन् । शरीर तातो भएमा ती हर्मोन त्यति सक्रिय हुँदैनन् । शरीर चिसो हुँदा शरीरमा कोर्टिसोलको मात्रा कम हुन्छ । तनावसँग सम्बन्धित यस हर्मोनका प्रभावले मानिस धेरै खाना खाने, मधुमेह रोगी हुने र अन्य प्रकारका समस्याबाट ग्रसित हुने जोखिम बढ्छ ।
सुत्ने बेलामा निर्वस्त्र सुतेमा शरीरलाई चिसो हुन सजिलो पर्छ । कोठामा वायु सञ्चारको राम्रो व्यवस्था पनि भएमा गहिरो निद्रा लाग्छ र राम्रो निद्राले कैयौँ रोगबाट हामीलाई बचाउँछ । हाम्रो आयु बढ्छ ।
– एजेन्सी
युवामञ्च असोज २०७६