logo
२०८१ मंसिर ८ शनिवार



स्वस्थ दिमाग कसरी

स्वास्थ्य |


स्वस्थ दिमाग कसरी



स्वस्थ शरीरका लागि स्वस्थ दिमाग जरुरी छ । दिमाग ठीक ठाउँमा भएन भने शारीरिक रूपमा हृष्टपुष्ट मानिस पनि रोगी नै हुन्छ ।
तनाव, उदासी, व्याकुलताले मानिसको दिमाग ठेगानामा रहँदैन । ऊ स्वस्थ जीवन जिउन पनि सक्दैन । त्यसैले मस्तिष्क स्वस्थ राख्न सके सम्पूर्ण शरीर ओजस्वी, फुर्तिलो, सक्रिय पार्न सकिन्छ । दिमाग तेज बनाउन केही पोषक तत्वले पक्कै पनि भूमिका खेल्छन् । जस्तो कि भिटामिन डी ३, ओमेगा ३ फ्याटी एसिड डीएचए र ईपीए आदि । तर दिमाग अस्वस्थ पार्ने खाद्यवस्तु पनि हुन्छन् । यसमा हामीले विचार पु¥याउनुपर्छ । दिमागमा दुष्प्रभाव पार्ने तत्वहरू विशेषगरी निम्नानुसार छन् ः

मोनोसोडियम ग्लुटामेट (एमएसजी)
एमएसजी अर्थात् मोनोसोडियम ग्लुटामेट एक प्रकारको अमिनो एसिड नुन हो । अमिनो एसिडको शृङ्खलाबद्ध संरचनाले शरीरमा विभिन्न प्रोटिन बन्छ । एमएसजीले स्वादको अनुभूति बढाउँछ । बजारमा अचेल उपलब्ध चाउचाउ, कुरकुरे, चिप्स, पिज्जालगायतका तयारी खाद्यवस्तुमा एमएसजी अनिवार्य मिसाइएको हुन्छ ।
एमएसजीले खाद्यवस्तुमा धेरै प्रोटिन र अन्य पोषक भएको भ्रम जिब्रोमार्पmत दिमागलाई दिन्छ । यसले मासुको स्वाद दिन खोज्छ तर वास्तवमा त्यसो हुँदैन । एमएसजी भएका खाद्यवस्तु खाने व्यक्तिलाई आफूले पोषिलो वस्तु खाएको महसुस हुने गर्छ । यसैगरी एमएसजीले प्यान्क्रियाजलाई इन्सुलिन उत्पादन गर्न उत्प्रेरित गर्दछ । वास्तवमा एमएसजीले दिमागलाई आनन्दको अनुभूति दिने डोपामाइन बढी उत्पादन गर्न प्रेरित गर्छ ।

ग्लुटेन
गहुँ, जौँ, कोदो आदिमा पाइने ग्लुटेन तत्व स्वास्थ्यका लागि राम्रो हुँदैन । यो चिपचिपे प्रोटिन सानो आन्द्राको भित्तामा टाँसिन्छ । जसले गर्दा पाचन र प्रतिरक्षा प्रणालीमा समस्या आइपर्छ । ग्लुटेनका कारण उत्पन्न हुने एक प्रमुख समस्या भनेको सेलिक रोग हो । यति मात्र होइन ग्लुटेनले गर्दा स्नायु प्रणालीमा समेत समस्या उत्पन्न हुन्छ ।
ग्लुटेन पचाउन नसक्ने मानिसको शरीरमा सबैतिर स्नायुसम्बन्धी समस्या देखापर्ने सम्भावना बढ्छ । जसमा दिमाग, स्पाइनल कर्ड र पेरिफेरल नर्भहरू पनि पर्छन् । ग्लुटेनले मानसिक असन्तुलन, डेमिन्सिया पनि ल्याउने सम्भावना रहन्छ ।

कृत्रिम चिनी
अचेल निकै लोकप्रिय कृत्रिम चिनीलाई खतरनाक मानिएको छ । यसको निरन्तर उपभोगले मस्तिष्कमा दुष्प्रभाव पार्छ । यस प्रकारको चिनीले मस्तिष्कका लागि महìवपूर्ण ग्रोथ हर्मोन बीडीएनफको सक्रियता घटाउँछ । बीडीएनएफले मस्तिष्कमा न्यूरोनहरूबीच नयाँ सम्पर्क स्थापितलाई प्रेरित गर्दछ । डिप्रेसन र स्किजोफ्रेनिया भएका मानिसमा यो तत्व कम पाइएको छ । चिनी खाने गरेमा यो समस्या झनै बढ्छ ।


कृत्रिम गुलिया वस्तु
अस्पारटेम, सकरोज, स्याकेरिनजस्ता कृत्रिम गुलिया वस्तु क्यालोरी कतै नहुने भएकाले लोकप्रिय छन् तर यी वस्तु दिमागका लागि ठीक छैनन् । अस्पार्टिक एसिड, मेथानोल र फेनेलालानेन रसायनको संयुक्त स्वरूप अस्पारटेम विघटन हुँदा दिमागमा ट्युमर उत्पन्न गर्ने यौगिक उत्पन्न हुने गर्छ ।
अस्पारटेम उपभोग गरेमा बेचैनी बढ्ने, बोली लरबराउने, डिप्रेसन, माइग्रेनको सम्भावना बढ्छ । यो लगायत अन्य कृत्रिम गुलिया वस्तु सोडा, चुइँगम, सस, दही, चिनीरहित खाद्यवस्तु आदिमा मिसाइने गरिएको छ ।
– युवामञ्च डेस्क 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?