डा. अनिलपुकार शाह
नेपाल मेडिसिटी अस्पतालमा युरोलोजी विभागमा कार्यरत छन् ।
विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षण अनुसार सुर्तीजन्य पदार्थको सेवन र धूमपान गर्ने ५० प्रतिशत मानिसको अकालमै ज्यान जाने गरेको छ । यसले गर्दा संसारमा प्रत्येक वर्ष कम्तीमा ८० लाख मानिसको मृत्यु हुन्छ । जसमध्ये ७० लाख जति धूमपान गर्ने हुन्छन् भने १० लाख जति मानिस धूमपानबाट अप्रत्यक्ष प्रभावमा परेका हुन्छन् ।
धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने विश्वव्यापी नारा कसको कानमा परेको छैन र । धूमपान गर्नु हँुदैन र किन गर्नु हुँदैन भन्ने सूचना पनि सञ्चारमाध्यमबाट लगातार प्रचारप्रसार गरिँदै आएको छ । धूमपानले स्वास्थ्यमा असर गर्छ, यस कुरामा कुनै विवाद छैन । धूमपानले शरीरमा पार्ने दुष्प्रभावका बारेमा धेरै मानिस अवगत छन् तर मूत्र प्रणालीसँग सम्बधित अङ्गमा यसको असरका बारेमा थोरैलाई जानकारी छ ।
विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षण अनुसार सुर्तीजन्य पदार्थको सेवन र धूमपान गर्ने ५० प्रतिशत मानिसको अकालमै ज्यान जाने गरेको छ । यसले गर्दा संसारमा प्रत्येक वर्ष कम्तीमा ८० लाख मानिसको मृत्यु हुन्छ । जसमध्ये ७० लाख जति धूमपान गर्ने हुन्छन् भने १० लाख जति मानिस धूमपानबाट अप्रत्यक्ष प्रभावमा परेका हुन्छन् ।
धूमपान गर्ने लगभग ८० प्रतिशत मानिस अविकसित तथा आर्थिक रूपले कमजोर मुलुकका बासिन्दा हुन् । जहाँ कमजोर स्वास्थ्य स्थिति र अकाल मृत्युको प्रमुख कारणमध्येमा धूमपान पनि पर्छ । धूमपानले गर्दा अकालमा ज्यान गुमाउने मानिसले आफ्नो परिवारलाई आर्थिक रूपले कमजोर बनाउनुका साथै समाज र मुलुकलाई पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न खालको बोझ बोकाउने गर्छन् ।
युवामञ्च कात्तिक २०७६