उमेश ओझा
सुनीता (नाम परिवर्तन)ले महिनावारी रोकिएपछि शङ्का लागेर जाँच गराउँदा आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि चिकित्सकको सल्लाहमा उनले फोलिक आइरन चक्कीसहित फोलिक एसिड खान थालिन् । गर्भावधि पुगेपछि उनबाट स्वस्थ बच्चाको जन्म भयो तर सबै उनीसरह भाग्यमानी हुँदैनन् र अनभिज्ञतासँगै पोषक तत्वको कमीले गर्दा तिनीहरूबाट स्वस्थ बच्चाको जन्म हुँदैन । अझ कतिपयको बच्चा नै खेर जान्छ । मातृशिशु स्वास्थ्य हामी सबैको दायित्व हो तर त्यसको सुरुआत गर्भ रहनु पहिले नै हुन्छ भन्ने जानकारी हामीसँग हुनुपर्छ । अन्यथा शारीरिक विकार लिएको बच्चा जन्मन सक्छ ।
हाम्रो समाजमा अधिकतर गर्भधारण योजनाअनुसार भएका हुँदैनन् । बच्चा जन्माउने योजना बनाउनेले पनि अरू उद्देश्यले त्यसो गरेका हुन्छन् । सुनीताको पनि योजना थिएन । अनि महिलाले आफू गर्भवती भएको थाहा पाउन्जेल भावी सन्तानको शारीरिक अवस्था निर्धारण भइसकेको हुन्छ । यो अवधि हुन्छ, गर्भ रहेको दिनबाट २२ देखि २८ दिनसम्म । तर त्यस अवधिमा प्रायः महिलाले या त आफू गर्भवती भएको सुइँको पाउँदैनन् वा योजनाअनुसार नै गर्भवती भएको भए पनि अत्यावश्यक पोषक तìव, जस्तै फोलिक एसिडका बारेमा उनीहरूलाई थाहै हुँदैन ।
पोषणको कमीले गर्भमा सिर्जना भइसकेको भ्रूणमा गम्भीर प्रभाव परिसकेको हुनसक्छ । त्यसैले स्वस्थ भावी सन्ततिका लागि सन्तानको चाहना राख्ने सबै महिलाले फोलिक एसिडलगायतका पोषक तìव पर्याप्त मात्रामा खानु आवश्यक छ । यसको एक मात्र उत्तम उपाय भनेको के हो भने पहिला त योजना बनाएर मात्र गर्भधारण गरौँ र त्यसअघि चिकित्सकसँग भेटेर आवश्यक पर्ने पोषक तìवका बारेमा जानकारी लिएर ती तìव नियमित रूपमा खाऔँ ।
एकातिर महिलाको शरीरमा फोलिक एसिडको अपर्याप्तता तथा अर्कोतिर गर्भ रहेको पत्तो नै पाइएन र महिनावारी रोकिँदा मात्र थाहा भयो भने गर्भमा बन्न थालेको भ्रूणको समुचित विकासका लागि ढिलो भइसकेको हुनसक्छ । फोलिक एसिडको अभाव भएमा भ्रूणमा विकार उत्पन्न भएर अपाङ्गता भएको बच्चा जन्मने जोखिम उच्च रहन्छ । गर्भधारण गर्नु दुई महिना पहिलेदेखि पर्याप्त मात्रामा फोलिक एसिड खाने हो भने त्यसले स्वस्थ सन्तानको आधार तयार पार्दछ, तथापि यसमा अन्य कुरा पनि निर्भर रहन्छन् ।
त्यसैले गर्भधारण गर्ने मनसाय बनाएका सबै महिलालाई चिकित्सकले गर्भको बच्चामा न्युरल ट्युब विकार उत्पन्न नहोस् भनेर प्रतिदिन कम्तीमा ०.४ माइक्रोग्राम फोलिक एसिड खान सल्लाह दिएका छन् । विकसित तथा पश्चिमा देशमा पिठोमै फोलिक एसिडलगायतका पोषक तत्व पहिले नै मिसाएर बजारमा पठाउने गरिएको छ । किनभने गर्भवतीमा फोलिक एसिडको पर्याप्तताले गर्भको बच्चालाई न्युरल ट्युब विकारबाट जोगिन मद्दत गर्दछ र त्यहाँ पनि गर्भधारणका लागि योजना बनाउने कमै हुन्छन् । थाहा नपाएर गर्भ रहँदा पनि पोषक तìवको कमी नहोस् भनी खाद्यवस्तुमा पोषक तत्व मिसाइन्छ ।
प्राकृतिक रूपमा उपलब्ध खाद्यवस्तु, जो हामी पकाएर वा नपकाइ खान्छौँ, मा पाइने फोलेट तत्वको संश्लेषण फोलिक एसिड हो । सामान्य अमेरिकी महिलाले प्रतिदिन औसत ०.२ माइक्रोग्राम फोलिक एसिड आफ्नो खानाबाट प्राप्त गरिरहेका हुन्छन् । शाकाहारीमा फोलिक एसिडको मात्रा केही कम हुनसक्छ, उनीहरूले आफ्नो खानाबाट आवश्यक मात्रामा फोलिक एसिड प्राप्त नगर्न पनि सक्छन् । यसैले अमेरिकामा उपभोग पहिले नै खाद्यवस्तुलाई ०.४३ देखि १.४ मिलिग्राम फोलिक एसिडद्वारा पोषित गरिएको हुन्छ । यहाँको अभ्यास पनि लगभग यस्तै छ ।
हाम्रै परिवेशमा समेत पालुङ्गो, रायो, मेथीजस्ता हरिया साग तथा सुन्तला आदिबाट फोलिक एसिड प्राप्त गर्न सकिन्छ तर गर्भावस्थाका लागि खाद्यवस्तुको सामान्य उपभोगबाट गर्भवतीले पर्याप्त मात्रामा फोलिक एसिड नपाउन सक्छिन् र गर्भवतीमा फोलिक एसिडको कमीको मार गर्भमा हुर्कंदै गरेको बच्चामा पर्छ ।
फोलिक एसिड दैनिक रूपमा दिसाबाट समेत नष्ट भइरहेको हुन्छ । यस कारण पनि यो पोषक तìव दैनिक उपभोग गरिनु आवश्यक छ । विगतमा नेपाली महिलामा फोलिक एसिड पर्याप्त हुँदैनथ्यो, अध्ययनहरूले यस्तै देखाएका छन् । रक्तअल्पता भएका महिला धेरै हुन्थे । त्यसमा पनि गर्भधारण गर्नु पहिले फोलिक एसिड अपर्याप्तताको कुनै हिसाबकिताब नै थिएन । सन्तुलित र पोषिलो खान पाउनेका सन्तान स्वस्थ तथा गरिबीमा दिन बिताइरहेका र पोषिलो खानको अभावमा गर्भवती भएकाहरूको बच्चामा अनेक खालका स्वास्थ्य समस्या देखिने गरेको थियो । अचेल गाउँघरमा कतै समस्या देखिए पनि सहरी जीवनमा पहिले जस्तो छैन ।
तथापि फोलिक एसिडको सर्वाधिक महìव गर्भावस्थाको कुन चरणमा हुन्छ भन्ने जानकारी अझै पनि नेपाली महिलालाई छैन । महिला के पढेलेखेका पुरुषसमेत यस कुराबाट अनभिज्ञ नै छन् । सन्तानको चाहना राख्ने महिलाले भावी सन्तती स्वस्थ होस् भनी गर्भावस्थाको प्रारम्भिक दिनमा फोलिक एसिडको पर्याप्त मात्रा ग्रहण गर्नु आवश्यक भएको तथ्य कतिपय अनुसन्धानबाट औँल्याएको पनि छ । गर्भधारण गर्नु दुई महिना पहिलेदेखि गर्भ रहेको तीन महिनासम्म कम्तीमा पनि ०.४ माइक्रोग्राम फोलिक एसिड प्रतिदिन महिलाले खानु आवश्यक ठानिएको छ ।
गर्भ रहेको २८ दिनभित्र भ्रूणमा स्नायुतन्त्रको विकास हुने गर्छ र त्यस अवधिमा फोलिक एसिडको पर्याप्त मात्रा अत्यावश्यक हुन्छ । त्यसो भएन भने न्युरल ट्युब विकार, मुटुको समस्या हुने, मस्तिष्कको समुचित विकास नहुने जस्ता समस्या आइपर्छन् । त्यसैले नुनमा आयोडिन मिसाउने गरिए जसरी खाद्यवस्तुमा फोलिक एसिड अनिवार्य मिसाइन्छ । इजरायलमा फोलिक एसिडसँगै भिटामिन बी१२ समेत मिसाउने गरिएको छ । किनभने फोलिक एसिडको आधिक्यताले भिटामिन बी१२ को कमी लुकाउन सक्छ ।
नेपालमा पनि करिब दुई दशक पहिलेदेखि ठूला रोलर मिल (पिठो, मैदा बनाउने मिल)मा आइरन, फोलिक एसिड र भिटामिन ए अनिवार्य मिसाउने गरिएको छ । फोलिक एसिडले रगतमा हेमोग्लोबिन संश्लेषण कार्य गर्ने भएकाले आइरन र फोलिक एसिडलाई सँगै मिसाउने गरिन्छ ।
एकातिर नियमित आहारामा पोषक तìवको अभाव र अर्कोतिर निःशुल्क वितरण गरिने पोषक तìवको प्रभावकारितामा कमी देखिनाले नेपालमा अप्रत्यक्षरूपमा लक्षित वर्गलाई लाभान्वित गर्न पिठोमा आइरन, फोलिक एसिड र भिटामिन ए मिसाउन सुरु गरिएको हो । सुरुमा त आइरन र फोलिक एसिड मात्र मिसाउने गरिन्थ्यो । क्यानडाको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था माइक्रोन्युट्रिएन्ट इनिसिएटिव, नेपाल सरकार स्वास्थ्य मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पहल अनि फ्लोर मिल सङ्घसँगको समझदारीबाट पिठो र मैदामा ती तìव मिसाउने कार्य सुरु गरिएको थियो ।
माइक्रोन्युट्रिएन्ट इनिसिएटिव त्यही संस्था हो जसले सन् १९९८ मा नेपालमा पोषक तìव परिपूर्तिका लागि काम सुरु गरेको थियो । क्यानडेली सरकार र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा विशेषगरी महिला र बालबालिकाको पोषण अवस्थामा ध्यान दिएर काम सुरु गरिएकोमा सन् १९९९ देखि २०१२ सम्म माइक्रोन्युट्रिएन्ट्स इनिसिएटिव (अहिलेको न्युट्रिसन इन्टरनेसनल)ले नेपाल सरकारको भिटामिन ए क्याप्सुल आवश्यकता शतप्रतिशत उपलब्ध गराएको थियो । सन् २०१३ देखि यसले नेपालको आवश्यकताको ५० प्रतिशत माग पूरा गरिरहेको छ ।
तर यहाँ व्यावहारिक समस्या छ । नेपाली बजारका कुन कुन ब्रान्डका पिठो र मैदामा पोषक तìव मिसाइएको छ भन्ने जानकारी उपभोक्तालाई छैन भने पनि हुन्छ । त्यसै पनि कुनै उपभोग्य वस्तुको उत्पादन तिथिमिति, म्याद अनि मिसाइएका वस्तुको वास्ता नगरी प्रयोग गर्ने हाम्रो बानी छ । अनि कुन पिठोलाई पोषक तìवले पोषित गरिएको छ र ती पोषक तìव हामीले किन खानुपर्छ भन्ने चेतना र ज्ञानकै कमी छ । पिठोमा फोलिक एसिड र अन्य पोषक तìव मिसाउनु राम्रो हो तर सबैले त्यहीँ पिठो किन्नु प¥यो, गाउँमा घरकै पिठो खाने मानिस पनि धेरै छन् । बजारमा उपलब्ध सबै पिठोमा फोलिक एसिड मिसाइएको छैन । कुन राम्रो, कुन नराम्रो जान्ने चेतनासमेत हामीमा छैन । जुन सस्तो त्यही किन्ने बुझाइ बढी छ ।
यी सबैको उत्तर त्यति बेला मिल्ने छ जब दम्पतीले गर्भ राख्ने योजनामा आवश्यक पोषक तìवको महìव बुझ्ने छन् ।
सहरी दम्पतीले बच्चा जन्माउनका लागि योजना त बनाउँछन् तर त्यो योजना या त जागिरसँग जोडिएको हुन्छ वा पढाइसँग, पोषणसँग होइन । जागिर पक्का भए, पढाइ सकाएर, बढुवा वा चाहेको स्थानमा पदस्थापन भएर जस्ता कुरालाई ध्यानमा राखेर भावी सन्नतिका लागि तयारी गर्ने दम्पती धेरै नभएका होइनन् । तर तीमध्ये प्रायःलाई गर्भधारण पहिले फोलिक एसिडलगायतका पोषक तत्व किन खानुपर्छ भन्ने ज्ञान हुँदैन । यसैले भन्न सकिन्छ योजनाबद्ध गर्भधारणको दर सहरी दम्पतीमा बढेको छ तर त्यो जीवनवृत्तिसँग सम्बन्धित छ र भावी सन्ततिको स्वास्थ्यसँग त्यसको कुनै सरोकार छैन ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमसमेत सहरमा योजना बनाएर बच्चा जन्माउने दम्पती बढेको स्वीकार्छन् । उनको अनुभवमा विभिन्न खालका कार्य व्यस्तताले गर्दा समय मिलाएर गर्भधारण गर्नेको दर १५–२० प्रतिशत पुगेको छ, जुन विगतमा निकै कम थियो तर स्वस्थ बच्चाका लागि गर्भ रहनु पहिले नै पोषक तìव र आफ्नो (महिलाको) स्वास्थ्यका बारेमा सचेत भएर गर्भको योजना बनाई जाँच गराउन आउने कमै छन् ।
गर्भ रहेपछि यहाँ सरकारका पोषक र महिला स्वास्थ्यसँग जोडिएका विभिन्न कार्यकम सञ्चालनमा छन् । नेपाल सरकारले अहिले गर्भवतीलाई कम्तीमा चारपटक डाक्टर कहाँ गएर जाँच गराउन भनेको छ तर डा. गौतमको भनाइमा कम्तीमा आठपटक गर्भवतीले अस्पताल आउनुपर्छ र त्यसैअनुसार नीति परिमार्जनको काम पनि भइरहेको छ ।
नेपालमा गर्भको सुरुका दिनमा फोलिक एसिडको अपर्याप्तताले भ्रूणको स्वास्थ्य बिग्रने बारेमा पिठोमा फोलिक एसिड मिसाउने बाहेकका काम भएकै छैन । काठमाडौँमा चार÷पाँच महिना पहिले दक्षिण पूर्वी एसिया क्षेत्रको एउटा सम्मेलनमा फोलिक एसिड र जन्म विकारका बारेमा कुरा भएको जानकारी दिन्छन् डा. गौतम । त्यसपछिका दिनमा यस विषयमा सरकारले ध्यान दिएको र विशेषज्ञहरूले यस सम्बन्धमा काम गरिरहेको उनको भनाइ छ ।
डा. गौतमले समेत गर्भधारण गर्नु दुई महिना पहिलेदेखि फोलिक एसिड खान सुरु गरेर गर्भ रहेको १४ हप्तासम्म त्यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनको भनाइ छ, “त्यसपछि अङ्ग विकास भइसकेका हुन्छन्, खानु पर्दैन ।”
स्वास्थ्य मन्त्रालय, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार पनि नेपालमा गर्भ रहेपछि मात्र फलाम तìव र फोलिक एसिड दिने गरिएको छ ।
उनका अनुसार नेपालमा सामान्यतया १८ देखि २२ वर्ष उमेर समूहका ७० देखि ८० प्रतिशत महिला पहिलोपटक गर्भवती भइसकेका हुन्छन् । यस कारण उनीहरूमा फलाम तìव र फोलिक एसिडको मात्रा कम भएर भ्रूणको स्वास्थ्यमा समस्या नआओस् भनी सामुदायिक विद्यालयका विद्यार्थीलाई १० वर्षको उमेरदेखि अध्ययन क्षेत्रमै २०६३ सालदेखि फलाम तìव र फोलिक एसिड हप्तामा एक चक्की खुवाउने गरिएको छ । शिक्षकले नै लाइन लगाएर खुवाउँछन् भन्ने पराजुलीले कार्यक्रमको प्रभावकारिता पुुष्टि गर्दै भने, “यसको नतिजा हामीले देखेकै छौँ । यस बारेमा प्रभावकारिता अध्ययन नभए पनि पहिले जस्ता अङ्गभङ्ग भएका बच्चा नजन्मनु त्यसको उदाहरण हो । यसमा सय नै ठीक भयो त हामी भन्दैनौँ तर सय, हजारमा एक दुई देखिने कुरा अब लाखमा एक पुगेको देखिन्छ ।”
विद्यालयका छात्रालाई फलाम तìव र फोलिक एसिड खुवाइने कार्यक्रममा १० देखि १९ वर्ष उमेर समूहकालाई समावेश गरिएको छ । जुन गर्भ रहनु पहिलेको स्वास्थ्यमा केन्द्रित भन्दा पनि रजस्वला अवधिमा कुपोषणले महिलाको स्वास्थ्य नबिगारोस् भन्नेमा बढी लक्षित रहेको देखिन्छ । १८ देखि २२ वर्षमा धेरै नेपाली महिला गर्भवती हुने अध्ययनले देखाइसकेको अवस्थामा तिनलाई समेत ती पोषक तìव उत्तिकै आवश्यक छ ।
किशोरीलाई फोलिक एसिड र फलाम चक्की खान दिइँदा न्युरल ट्युब विकार हुन नदिन समेत त्यसले काम गरिरहेको बताउँछन् ।
अहिले अङ्गभङ्ग भएका बच्चा कम जन्मनुमा हाम्रो आहारामा आएको विविधता पनि एउटा प्रमुख कारण हो । “हाम्रो खाना पश्चिमाहरूको भन्दा सन्तुलित छ । घरकै सागपात, दाल, भात पेटभरि खाने हो भने गर्भवतीलाई चाहिने पोषक तìव पुग्छ तर पेट भरिनु प¥यो । यहाँ अभैm पनि २०–३० प्रतिशतले पेटभरि खान नपाएको तथ्याङ्क छ । त्यसमा महिला पनि त छन् नि”, भन्छन् डा. गौतम ।
गाउँघर र दुर्गम क्षेत्रमा समेत अचेल फलफूल लगाउने, सागपात, तरकारी लगाउने र खाने गरिएकाले त्यसले पनि शरीरमा पोषण तìवको आवश्यक मात्रा पूर्ति गरिरहेको छ । फरक खालका खाना खाने चलन पनि भएकाले पोषण प्राप्ति सन्तुलित बनेको छ ।
अर्कोतिर संविधानले नै खाद्य सुरक्षाको प्रत्याभूति गरेको, लैङ्गिक समानता, अधिकार, सशक्तीकरण, महिला तथा बाल जीविकोपार्जन कार्यक्रम आदि सबैले समग्रमा पोषण तìव प्राप्तिमा टेवा पु¥याएका छन् । जसको प्रत्यक्ष फाइदा महिलालाई गर्भ रहनु पहिले र पछिका दिनमा पुगिरहेको छ ।
के हो न्युरल ट्युब विकार
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष विश्वव्यापी करिब तीन लाख नवजात शिशुमा न्युरल ट्युब डिफेक्ट देखिन्छ । नवजात शिशुको अस्वस्थता र मृत्युमा यो एउटा प्रमुख कारण पनि हो । गर्भ रहेको २२ देखि २८ दिनभित्र सूक्ष्म भ्रूणको न्युरल ट्युबमा असामान्य अवस्था उत्पन्न हँुदा यस्ता समस्या आइपर्छन् । जसका कारण न्युराक्सिस अर्थात् केन्द्रीय स्नायु प्रणालीसँग जोडिएको आधारसँग सम्बद्ध शरीरका कुनै पनि संरचनामा विकार उत्पन्न हुन्छ । कहिलेकाहीँ त ठूलो समस्या उत्पन्न भएर बच्चाको शारीरिक र मानिस विकासमा असन्तुलन देखिन्छ ।
मूलभूत रूपमा न्युरल ट्युब विकारलाई दुई मुख्य भागमा विभाजित गरिन्छ ः मस्तिष्कको संरचनामा असर पार्ने विकार जस्तै एनिन्सेफली (मस्तिष्क छोप्ने हड्डीको कुनै वा पूर्ण भाग नहुनु) । अर्को हो स्पाइनल कर्डको संरचनामा पर्ने प्रभाव ।
कतिपय अवस्थामा न्युरल ट्युब विकारको सम्बन्ध वंशाणुसँग पनि हुन्छ । अर्थात् यो वंशाणुगत पनि आउँछ ।
जिनमा आउने उत्परिवर्तन, असामान्य क्रोमोजोम र गर्भावस्थाका सुरुका दिनमा आमाको शरीरमा फोलिक एसिडको कमीले गर्दा न्युरल ट्युब विकार उत्पन्न हुन्छ ।
यहाँ वंशाणुगत र जिन उत्परिवर्तनबाट हुने न्युरल ट्युब विकारको कुरा होइन महिलाले गर्भ रहनु ठीक पहिले फोलिक एसिडको पर्याप्त मात्रा नपाउँदा उत्पन्न हुने न्युरल ट्युब विकारको कुरा भइरहेको छ तर महिलाको उमेर, मधुमेह तथा छारे रोगजस्ता मस्तिष्कको समस्या हुँदा प्रयोग गरिने औषधिको प्रभावले समेत न्युरल ट्युब विकार हुनसक्छ ।
विश्व स्वास्थ्य सङ्गठनले भन्छ– यदि गर्भधारण गर्दा महिलामा फोलिक एसिडको मात्रा बढाउन सकियो भने न्युरल ट्युब विकारको जोखिम ६० देखि ७० प्रतिशत घटाउन सकिन्छ । यसरी न्युरल ट्युब विकारको जोखिम कम गर्ने रणनीति विश्वका ७८ देशले अपनाएका छन्, जसले पिठोमा मिलबाटै फोलिक एसिड मिसाउनुपर्ने अनिवार्य नियम कार्यान्वयनमा ल्याएका छन् । यसमा नेपाल पनि पर्छ ।
न्युरल ट्युब विकार लिएर यदि बच्चा जन्मियो भने त्यस्ता बच्चामा प्रायः देखिने समस्या भनेका खुँडे हुनु, तालुमा प्वाल हुनु र मुटुमा समस्या देखिनु हो । अलि बढी समस्या भएर स्पाइनल कर्डमा प्रभाव परेको छ भने स्पाइना बफिडा भएर कुप्रो हुने र हिँड्न पनि लौरो लिनुपर्ने हुन्छ ।
चिकित्सकले स्पाइना बफिडा भएको बच्चा जन्मिएमा चाँडै त्यसको उपचार सुरु गर्न सक्छन् । तर न्युरल ट्युब विकारका कारणले मस्तिष्कको कुनै भाग वा पूरै मस्तिष्क छोप्ने हड्डी नहुने समस्याचाहिँ कमै देखिन्छ ।
युवामञ्च पुस २०७६