logo
२०८१ मंसिर ७ शुक्रवार

......हेल्थ & फिट्नेस....


मुटुको आपतकालीन अवस्था

स्वास्थ्य |


मुटुको आपतकालीन अवस्था


डा. प्रकाश राज रेग्मी
मुटुरोग विशेषज्ञ

मुटुको आपतकाल (इमर्जेन्सी) भन्नाले त्यस्तो अवस्थालाई बुझिन्छ जुन अवस्थामा तत्काल उपचार नगरेको खण्डमा ज्यान जाने खतरा रहन्छ । मुटुले दिमाग (गिदी)लगायत शरीरका विभिन्न अङ्गमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तìवको आपूर्ति गर्छ । शरीरका लागि अत्यावश्यक वस्तुहरूको आपूर्ति रोकिएको खण्डमा सबैभन्दा पहिले दिमागमा असर पर्छ । पाँच मिनेटसम्म दिमागमा अक्सिजन र ग्लुकोजको आपूर्ति बन्द भएको खण्डमा दिमागको मृत्यु हुन्छ । दिमाग मरेपछि ज्यान सकिएको मानिन्छ ।
मुटुको आपतकालीन अवस्था उत्पन्न हुँदा रक्तसञ्चालनमा अवरोध उत्पन्न हुन्छ र दिमागलगायत अन्य अङ्गमा अक्सिजन र ग्लुकोजको आपूर्ति घट्छ । यस प्रकार आवश्यक वस्तुहरूको आपूर्ति घट्दै जाँदा ज्यान खतरामा पर्छ । उपचारमा कत्ति पनि ढिलाइ गर्नुहुँदैन । एकपटक दिमाग मरेपछि त्यसलाई फेरि ब्यूँताउन सकिँदैन । पाँच मिनेटअघि वा पछि भन्ने कुराले धेरै फरक पार्छ । अस्पताल समयमै पु¥याएर पनि उपचारमा ढिलाइ भई ज्यान गुमेका दुःखदायी घटना हामीले देखेका छौँ ।
यसकारण आपतकालीन अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ र अस्पतालमा पनि तुरुन्तै उपचारको सुरुआत गरिनुपर्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।
खुट्टा वा हातको नसा काटिएर रक्तस्राव भइरहनु, झाडा–बान्ता भएर शरीरमा रक्तचाप घट्नु, पानी र लवणहरूको कमी हुनु, शरीरमा कुनै कारणवश असह्य पीडा उत्पन्न हुनु, बान्ता हुने र बेहोस हुनेगरी टाउकोमा चोट लाग्नु, पेटभित्र आन्द्रा फुट्नु वा बटारिनु आदि सबै आपतकालीन अवस्था हुन् ।
मुटुका आपतकालीन अवस्थाहरूबारे थाहा पाइराख्नु जरुरी छ । मुटुको आपतकालीन अवस्थाबारे धेरैलाई जानकारी छैन । बेस्सरी छाती दुख्दा अस्पताल जानुको सट्टा डाक्टरलाई घरमा बोलाएर जँचाउने, तातोपानी वा डाइजिनको झोल खाई एकैछिनमा सन्चो हुन्छ कि भन्ने आशामा घरमै आराम गरी समय बर्बाद गर्ने, हातको नाडी विस्तारै चल्ने र बेहोस हुने अवस्थामा पनि कमजोरीले हो कि भनी घरमै आराम गरी बस्ने, रक्तचाप धेरै बढी हुँदा पनि मलाई टाउको दुःखेकै छैन भनी उपचार गर्न नमान्ने चलन आजसम्म पनि हाम्रो समाजमा व्याप्त छ । मुटुको आपतकालीन अवस्थाहरूको समयमै पहिचान गरेर प्राथमिक उपचार विधि अपनाइ सक्दो चाँडो अस्पतालको इमर्जेन्सी विभागमा पुग्नुपर्छ भन्ने जानकारी सबैलाई हुनु जरुरी छ ।

१. छातीको बीच भागमा धेरै पीडा हुने
मुटु छातीको बीच भागमा हुन्छ । यस भागमा धेरै दुख्यो भने हृदयाघातको शङ्का गर्नुपर्छ । हृदयाघात हुँदा छातीको बीच भागमा छुरीले रोपेजस्तो, डोरीले कसेजस्तो वा ढुङ्गाले थिचेजस्तो पीडा हुन्छ र मरी पो हाल्छु कि भन्ने डर उत्पन्न हुन्छ । कसै–कसैलाई आगोले पोलेको जस्तो पनि हुन्छ । यो पीडा केही गर्दा पनि ठीक हुँदैन । साथमा खलखल्ती पसिना आउने र वाकवाकी लाग्ने हुन्छ ।
मुटुभित्र रगत पु¥याउने नसा बन्द भयो भने यस्तो पीडा उत्पन्न हुन्छ । छातीमा पीडा उत्पन्न हुनेबित्तिकै यसको उपचार सुरु गर्नुपर्छ । बन्द भएको नसालाई खुलाउनेतर्फ उपचार केन्द्रित हुनुपर्छ । यस्तो उपचार अस्पतालको आईसीयू÷सीसीयूमा मात्र सम्भव हुन्छ । बन्द भएको नसालाई जति चाँडो खुलाउन सकियो त्यति राम्रो हुन्छ ।
छातीमा पीडा उत्पन्न भएको एक घण्टाभित्र अस्पताल पु¥याएर उपचार सुरु गर्नु सबैभन्दा उत्तम हुन्छ । यो पहिलो एक घण्टालाई स्वर्ण घण्टा भनिन्छ । यो समयमा बन्द भएको नसा खुल्यो भने हृदयाघात भए तापनि मुटुलाई क्षति पुग्नबाट पूर्णरूपले बचाउन सकिन्छ । छ घण्टाभित्र नसालाई खुलाउन सक्यो भने सानो क्षति मात्र हुन्छ । योभन्दा ढिला भयो भने धेरै ठूलो क्षति पुग्छ, मुटुको मांसपेशीको केही भाग मर्छ र मुटु सदाका लागि कमजोर भएर जान्छ । एकपटक मुटुको मांसपेशी मरेपछि त्यो फेरि ब्यूँतिँदैन ।
यसकारण छाती दुख्नेबित्तिकै अस्पतालको आपतकालीन विभागमा पुग्नुपर्छ । जतिसक्यो चाँडो अस्पताल पुग्नुपर्छ । हिँडेर वा सवारीसाधन आफैँले चलाएर अस्पताल जानुहँुदैन । यसो गर्दा खतरा हुनसक्छ । यसकारण अरूको सहयोग लिएर मोटरमा बसी अस्पताल जानुपर्छ । एम्बुलेन्स बोलाउन धेरै समय लाग्ने देखियो भने अरू नै सवारीसाधन प्रयोग गर्नु बेस हुन्छ । किनकि हृदयाघातको उपचारमा समयको एकदमै ठूलो महìव छ । मर्ने, बाँच्ने समय ढिलो–चाँडोेले निर्धारण गर्छ । घडीको सुई जति धेरै घुम्छ त्यति नै मर्ने सम्भावना बढ्दै जान्छ ।
अस्पताल जाने क्रममा रहँदा केही प्राथमिक उपचार विधि अपनाउँदा बेस हुन्छ । जस्तै एक चक्की एस्पिरिन औषधि मुखमा हालेर चुस्ने, कस्सिएको कपडा, कमर पेटी आदि फुकालेर जीउ हलुका बनाउने, टाउकोलाई केही उठाउने गरी सिरानी राखेर आरामसँग पल्टने, झ्याल–ढोका खोलेर खुला हावामा सास फेर्ने, पाँच मिलिग्राम सोरविट्रेट वा आयसोड्रिल चक्की जिब्रोमुनि राख्ने, खानेकुरा केही पनि नखाने आदि । अस्पताल नपुग्दासम्म हातको नाडी छाम्दै गर्नुपर्छ । नाडी पूर्णतया बन्द भयो, हरायो र बिरामी बेहोस भयो भने छातीको मसाज र कृत्रिम श्वास दिनुपर्छ । यसो गरेर पनि बिरामीलाई ३०–४० मिनेटसम्म बचाइराख्न सकिन्छ । अस्पताल नपु¥याउँदासम्म यो कार्य जारी राख्नुपर्छ ।

२. दम धेरै बढ्ने
मुटु असफल हुँदा दम बढ्छ । मुटुरोगीको दम बढ्नु भनेको मुटु असफल हुनु हो । दम खतराको घण्टी हुन्छ । यो आफैँमा रोग होइन । दम मुटु असफल भएको महìवपूर्ण लक्षण हो । मुटु असफल भयो भने ज्यान जान सक्छ । अलि–अलि मात्र दम बढ्ने भएको छ भने त्यो आपतकालीन अवस्था होइन ।
दम धेरै नै बढ्ने भएको छ भने यो आपतकालीन अवस्था हो । आरामसाथ बस्दा वा दुई–चार पाइला मात्र हिँड्दा पनि दम बढ्ने हुन्छ भने यसलाई मुटु असफल भएको माथिल्लो अवस्था मानिन्छ । कसै–कसैलाई सुतेको केही समयमै निसास्सिएर उठ्ने, स्याँ–स्याँ हुने, बसेपछि ठीक हुने हुन्छ । पल्टिँदा दम बढ्ने, बस्दा घट्ने पनि मुटु असफल भएको माथिल्लो अवस्था मानिन्छ ।
यस्तो हुँदा अस्पतालको इमर्जेन्सीमा उपचारका लागि जानुपर्छ । मुटु असफल हुँदा दमको साथमा खोकी लाग्ने, कहिलेकाहीँ कफमा रगत देखा पर्ने, दुवै खुट्टा सुन्निने हुन्छ । मुटु असफल भएको अवस्थामा खुट्टा तल झार्ने र टाउको माथि उठाउने आसनमा बस्नुपर्छ ।
टाउकोको अवस्था जीउ र खुट्टाको भन्दा जतिसक्दो माथि पार्नुपर्छ । दुई–तीनवटा तकियामा आड लागेर बस्नु उत्तम हुन्छ । झोल पदार्थ पिउनुहुँदैन । पिसाब बढाउने औषधि खाने । अक्सिजन लिनुपर्छ र जति सक्दो चाँडो बिरामीलाई अस्पताल लैजानुपर्छ ।

३. मुटु धेरै छिटो वा धेरै ढिलो चल्ने
मुटुको गति प्रतिमिनेट ६० देखि १०० हुनुपर्छ । यदि कसैको मुटु प्रतिमिनेट ४० भन्दा कम वा १५० भन्दा बढी भयो भने त्यो आपतकालीन अवस्था हो । यस्तो अवस्थामा रिङ्गटा लाग्ने र बेहोश हुने हुन्छ । मुटु धेरै ढिलो वा धेरै छिटो चल्यो भने मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन ।
जसका कारण दिमागमा पर्याप्त मात्रामा रगत पुग्दैन । यसो हुँदा दिमागलाई क्षति पुग्छ । धेरै क्षति पुग्यो भने दिमाग मर्न सक्छ । जति सक्यो चाँडो मुटुको धड्कन ठीक पार्ने उपचार सुरु गर्नुपर्छ ।
प्राथमिक उपचारका रूपमा मुटु छिटो चल्दा गहिरो सास तानेर भित्रै रोक्ने, आँखामा चिसो पानीले भिजेको रुमाल राख्ने, घाँटीको दायाँतर्फको ठूलो नसा (केरोटिड नसा)मा मालिस गर्ने, हातका औँलालाई मुखभित्र छिराएर घाँटीसम्म पु¥याई उल्टी हुने गरी वाकवाक गराउने आदि कार्य गर्नुपर्छ । यसो गर्दा छिटो–छिटो चलेको मुटु ठीक गतिमा चल्ने हुनसक्छ ।
मुटु धेरै छिटो चलेर बिरामी बेहोश भयो, रक्तचाप धेरै घट्यो, मृत्युको सम्भावना जस्तो देखियो भने ढिला नगरी दायाँ हात मुठी कसेर बेस्सरी बिरामीको छातीमाथि एकपटक बजार्नुपर्छ । यसले करेन्ट (सक) दिएजस्तै काम गर्छ । एकपटकमा नभएमा फेरि मुठीले छातीमा हिर्काउने काम दोहो¥याउनुपर्छ ।
यो कार्य निर्दयीजस्तो देखिए पनि मुटु धेरै छिटो वा ढिलो चली बेहोश भएको अवस्थामा ज्यान बचाउन सक्ने एक मात्र प्राथमिक उपचार हो । अस्पतालमा मेसिनबाट विद्युतीय झड्का मुटुमा लगाइन्छ । अस्पताल पु¥याउनुभन्दा अगाडि जोडले छातीमा बजारेको मुक्काले विद्युतीय झड्कासरह सञ्जीवनीको काम गर्न सक्छ ।
मुटुको गति बन्द हुन नदिन बिरामी आफैँले अपनाउन सक्ने महŒवपूर्ण उपाय :
हृदयाघात वा अन्य कारणले मुटुको गति बन्द हुने अवस्था आयो भने रिङ्गटा लाग्छ, बेहोश हुने स्थिति आउँछ । १० सेकेन्डभित्र प्राथमिक उपचार नगरे बेहोश भइन्छ । बिरामी एक्लै भएको समयमा यस्तो परिस्थिति आयो, साथमा कोही छैन, औषधि पनि केही छैन तर अस्पताल धेरै टाढा छैन भने अस्पताल जाँदाजाँदै (आफैँ सवारी चलाएर) एक प्रभावकारी र महìवपूर्ण उपाय अपनाउन सकिन्छ ।
यसरी प्राथमिक उपचार गर्दा आत्तिनु हुँदैन । जोडसँग खोक्न सुरु गर्नुपर्छ । खोकी कफ निकाल्न सक्ने जति जोडका साथ हुनुपर्छ । प्रत्येक दुई–दुई सेकेन्डमा एकपटक गहिरो सास लिने र जोडसँग खोक्ने प्रयास गर्नुपर्छ । यसो गर्दा कृत्रिम सास र मुटुको बाहिरी मालिस गर्दाको जस्तै लाभ मिल्छ । अस्पताल पुगेर उपचार सुरु नहुन्जेल सास तान्ने, जोडले खोक्ने कार्य जारी राख्नुपर्छ ।

४. रक्तचाप धेरै बढ्ने
यदि रक्तचाप १८०÷११० मि.मि. वा सोभन्दा बढी पुग्यो र साथमा रिङ्टटा लाग्ने, छाती दुख्ने, दम बढ्ने, आँखा धमिलो देख्ने, हातखुट्टा लुलो हुने आदि कुनै पनि लक्षण देखा प¥यो भने त्यो आपतकालीन अवस्था हो । यस्तो अवस्थामा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ । यदि रक्तचाप धेरै बढेको छ तर लक्षणहरू केही पनि छैन, बिरामीलाई कुनै समस्या छैन भने पनि तत्काल रक्तचाप घटाउने औषधि गर्नु जरुरी हुन्छ । बिरामीलाई लक्षण छैन भने घरमै बसेर डाक्टरको सल्लाहअनुसार औषधि गरे पनि हुन्छ । यदि लक्षण छ, बिरामीलाई अप्ठेरो अनुभव भइराखेको छ भने अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ । यसकारण रक्तचाप धेरै बढ्यो भने तत्काल उपचार गर्नेतर्फ लाग्नुपर्छ, अन्यथा हृदयाघात, मस्तिष्कघात, अन्धोपना, मिर्गौला असफल आदि परिणाम भोग्नुपर्ने हुनसक्छ ।
रक्तचाप बढ्दा अपनाउनु पर्ने प्राथमिक उपचार विधि ः
तातोपानी पिउने, नुन नखाने, खुट्टा झुन्ड्याउने र टाउको माथि पारेर दुई–दुईवटा तकियाको आड लागेर आरामसँग बस्ने, आँखा बन्द गर्ने, निधारमा चिसो रुमाल भिजाएर राख्ने, कोठाको रेडियो, टीभी आदि हल्ला हुने वस्तु सबै बन्द गर्ने, रक्तचाप घटाउने कुनै औषधि, पिसाब बढाउने औषधि वा निद्रा लगाउने ट्रयाङ्कुलाइजर साथमा भए एक चक्की खाने आदि कार्य गर्नुपर्छ ।

साभार : गोरखापत्र (२०७४ साल साउन)

युवामञ्च पुस २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?