हरिसिद्धीमा स्वास्थ्य परीक्षण
गोरखापत्र अनलाइन
काठमाडौं, पुस ५ गते । अरनिको समाजले ललितपुरको हरिसिद्धीमा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर २९ सँग सहकार्य गरेर आयोजना गरिएको शिविरमा दन्त सेवा, आँखा सेवा, कलेजो, नसा, मुटुलगायतका सेवा दिइएको थियो ।
चिनियाँ दुतावासको नियमित कार्यक्रम अन्तर्गत उक्त शिविर हरिसिद्धीमा आयोजना भएको वडा नम्बर २९ का अध्यक्ष गणेश महर्जनले जानकारी दिनुभयो ।
शिविरमार्फत् सयौं स्थानीयलाई स्वास्थ्य सेवासहित निशुल्क औषधी वितरण गरिएको उहाँले बताउनुभयो ।