logo
२०८१ मंसिर ७ शुक्रवार



वीर अस्पताल सुधार गरिने: मन्त्री ढकाल

स्वास्थ्य |


वीर अस्पताल सुधार गरिने: मन्त्री ढकाल


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई सुधार गरिने बताउनु भएको छ । मन्त्री ढकालले अस्पतालको सेवा सुधार गरेर प्रभावकारी बनाउन निर्देशन दिइसककेको बताउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनको बुझाएको ज्ञापनपत्र बुझ्दै स्वास्थ्य मन्त्री ढकालले वीर अस्पतालले दिने सेवा सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । देशको समग्र स्वास्थ्य अवस्था कस्तो छ भने बारे बुझ्न वीर अस्पतालबाट दिने सेवाबाट बुझ्नुपर्ने स्थिति रहेको बताउनुभएको थियो ।

चिकित्सक, नर्स, कर्मचारी मिलेर वीर अस्पताललाई सुधार गर्नुपर्ने भन्दै उहाँले वीर अस्पताललाई स्वास्थ्य मन्त्रालयले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

वीर अस्पताल कर्मचारी युनियनले स्वास्थ्य मन्त्री ढकाल समक्ष ज्ञापनपत्र बुझाउँदै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगमा रिक्त रहेको पदाधिकारी नियुक्ति गर्नुपर्ने, कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्ने, प्रतिष्ठानको ओएण्डएम सर्भे गर्नुपर्ने, दुवाकोटमा विस्तार गर्न लागेको कामलाई तिव्रता दिनुपर्ने लगायतका माग राखेका छन् ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?