logo
२०८१ मंसिर ८ शनिवार



चरेश बनाउन प्रयोग हुने २० किलो कच्चा पदार्थ बरामत

स्वास्थ्य |
समाज |


चरेश बनाउन प्रयोग हुने २० किलो कच्चा पदार्थ बरामत


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २० गते । घादिङको बेनिघाट रोराङ गाउँपालिका–४ स्थित मलेखु–ताल्ती कच्ची सडकखण्डबाट अवैध लागूऔषध चरेश बनाउन प्रयोग हुने तरल पदार्थ (केमिकल) बोकेर हिडेका पाँच जनाको समुहलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध लागुऔधष चरेस बनाउन प्रयोग हुने २० किलो तरल पदार्थसँगै प्रहरीले नगद २ लाख ४० हजार रुपैयाँ सहित मकवानपुर राक्सिराङ गाउँपालिका–९ बस्ने २८ वर्षीय सुकलाल गोम्बो समेत पाँच जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उक्त सडकखण्डमा चेक जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?