धनकुटा, माघ २१ गते । धनकुटाको महालक्ष्मी नगरपालिका जितपुर धनकुटा हात्तिपाईले रोगको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटा नगरपालिकामा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले पत्रकारसँग गरेको अन्तरक्रियामा सो कुरा बताईएको हो । तथ्यांकमा औषधि सेवन गर्नेको सङ्ख्या धेरै देखिएता पनि थोरै मात्रले औषधि खाएको सर्वेक्षणमा देखिएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । धनकुटामा सातवटा स्थानीय निकाय रहेकोमा महालक्ष्मी नगरपालिका जितपुर धनकुटाको लेगुवाका सातजनामा रोगको जिवाणु भेटिएको राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान २०७६ सम्पन्न पत्रकार अन्तरक्रियाको अवसरमा स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी गराउनु भयो ।
नेपालमा सन् २००३ र धनकुटा जिल्लामा सन् २०११ बाटै यो रोग बिरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरि औषधि खुवाउन थालिएको भएता पनि हाल जिल्लाको महालक्ष्मि नगरपालिका स्थित लेगुवामा सातजना रोगि देखा परेकाले नवौ पटक औषधी खुवाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्वास्थ्य कार्यालय धनकुटाको आयोजनामा सम्पन्न अन्तरक्रियामा जिल्लामा हात्तिपाईले रोगी भेटिएकाले रोग फैलन सक्ने कुरालाई मध्य नजर गर्दै रोग फैलन नदिने र रोगिको संख्यामा कमि ल्याउने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।
संमृद्ध नेपाल सुखी नेपालीको नारालाई सफल पार्न जिवन स्वास्थ्य रहनु आवश्यक रहेको साथै हात्तिपाईले रोगका कारण हाईड्रोसिल पनि हुने हुँदा सबैले औषधि सेवन नगरेकोले पुन हातिपाईले रोग देखा परेको बताउदै नवौं पटक अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
नेपालमा ६३ जिल्लामा साढे २ करोड जनसंख्या हात्तिपाईले रोगको जोखिममा रहेको छन् । अलवेण्डाजोल नामक औषधी भनेको जुकाको औषधी भएको र यो औषधि भनेको गर्भवती आमालाई पनि खुवाउन मिल्ने र डिईसि स्नोफिला भई घाँटी दुख्दा, थाइराइड लगायतका रोगको औषधिकालागि समेत खुवाउने गरिएकाले यो औषधी खादा कुनै असर नगर्ने भएकाले सबैले खान मिल्ने अन्तकृयामा छलफल गरिएको थियो ।
११ करोड बढिले औषधी सेवन गरिसकेको तथ्यांकले देखाउछ । सुन्निएको खुट्टामा थप संक्रमण, दीर्घ अवस्था, खुट्टा फुट्नु फोका उठ्नु, घाउ, अण्डकोष सुनिनु, छालाको पत्र जानु, रोग लाग्ने वा देखिने अवस्था, लक्षण नदेखिने अवस्था, यस रोगले मानिसलाई शारिरिक रुपमा कुरुप, अशक्त, अपांगता, असमर्थ बनाउने, समुदायमा नै रोग निवारण गर्न सकेमा रोगीको संख्यामा कमि ल्याउन सकिने, आम औषधि सेवन अभियान, पत्ता लागेका बिरामि, उपचार, रोकथाम, यो रोग क्युलेक्स जातको सक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर सार्ने, रोग निवारणका लागि २ बर्ष माथिका सबै मानिसलाई डिईसि र अल्वेण्डाजोल नामक निरन्तर बर्षमा एक पटक ६ बर्षसम्म खानुपर्नेलगायतका विषयमा अन्तरक्रिय कार्यक्रम गरेको हो ।