logo
२०८१ मंसिर ८ शनिवार

 उपचार र तिर्थाटनसँगसँगै 



भारतीय विरामीकाे राेजाइमा सगरमाथा चाैधरी आँखा अस्पताल

स्वास्थ्य |
पढ्नै पर्ने |


भारतीय विरामीकाे राेजाइमा सगरमाथा चाैधरी आँखा अस्पताल


जिवछ यादव

लहान, माघ २७ गते । लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले ३७ औ वर्षमा प्रवेश गरेको छ । छिमेकी देश भारतबाट आउने बिरामी उपचारबाट सन्तुष्ट भएर नातेदारहरुसँग एक दुई दिन लहानमा बसेर विभिन्न धार्मिक पर्यटकीय स्थलहरुमा पर्यटकको रुपमा घुमफिर गर्दा लहानको होटेल, लज र व्यापार व्यवसायले गति लिन थालेको छ ।

उपचार गराउन आएका भारतको पटनाका रजनीस कुमारले आफू एक जना बिरामी र उपचारमा सहयोग गर्ने पाँच जनासम्म आउने गरेको बताउनुभयो । उहाँहरु उपचार गराएर सलहेश फुलबारी राजदेवी मन्दिरको दर्शन गरी जनकपुर हुँदै काठमाण्डौको पशुपतीनाथको यात्रा गरेर फर्कने गर्नुभएको छ ।

उत्तर प्रदेश लखनौबाट आएको ७० वर्षिय विन्देश्वर सिंह भन्नुहुन्छ–म दोस्रो पटक आँखा जाँचको लागि आएको चार दिन भयो । दुई चार दिन अझै विभिन्न ठाँउमा घुमफिर गरि जान्छौ । पाँच हजार भारतीय रुपियाँ लिएर आँउदा उपचार पनि हुन्छ, जनकपुर भएर फकिन्छौ । लहान अस्पताल एक विरामी उपार गराउन चार पाँच जना परिवारका मानिसहरु आउछन । उपचार पनि हुन्छ घुमफिर पनि भैहाल्छ, एक पन्थ दुई काज ।

भारतका सबै प्रान्तहरुबाट वर्षेनी विरामीहरु आउने गरेको अस्पतालका प्रशासकीय प्रमुख अभिशेक रोशनले जानकारी दिँदै भन्नुयो, सन् २०१९ मा यस वर्ष पाँच लाख ३४ हजार ५५७ उपचार गराएका विरामीहरु मध्ये ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली विरामीहरु रहेका छन् । ५९ हजार १५७ जनाले शल्यक्रिया गराएका छन् । हरेक विरामीसंग दुई तीन जनाको दरले आउने गरेको संख्यालाई हेर्दा लहानमा दुई हजार मानिसहरु लहानका विभिन्न लँज तथा होटेलहरुमा खाना खाएको र विभिन्न सामान खरिद गरेको भारतीय रुपियाँ वर्षेनी १५ करोडभन्दा बढी भित्रिने यस वर्षको अनुमान रहेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले लहानका चौधरी दान दिएको नौ विगाहा जमिनमा निर्माण भएका संरचना, सरसफाई कर्मचारीदेखि पालेसम्मको मुस्कान सहितको सेवाले प्रभावित भएर भारतका विभिन्न प्रान्तका विरामीहरु आइरहेको भन्दै अस्पतालको प्रवेशद्वारमा विरामीहरु आएपछि अस्पतालको वातावरणमा एक पर्यटकीय भएर रमाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,३७ वर्ष अघि टाँसिएरै रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानको दुई कोठाबाट जर्मन नागरिक अबर्लट हेनिङ र उनकी पत्नी क्रिस्टिना हेनिङगले थालेको उपचारबाट प्रभावित हुँदै विरामीको भिड बढ्दै गएको देखेर दाता परिवार नौ विगहा जमिन उपलब्ध गरायो । अस्पताल भित्र वृक्षारोपण भवन निर्माण लगायतका कामहरु सम्पन्न भएर ३७ वर्ष पुग्नै लाग्दा एक अन्तराष्ट्रिय स्तरको अस्पतालको रुपमा विकसित भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सिरहा जिल्ला संयोजक समेत रहनु भएको जिल्ला उद्योग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल अमात्यका अनुसार नेपाल भ्रमण वर्षलाई सफल बनाउन स्वास्थ्य पर्यटकीयको रुपमा आउने गरेका अस्पतालका विरामीसँग आउने परिवारका सदस्यहरु लहानका सलहेश फूलवारी राजदेवी मन्दिर पतारी पोखरी लगायतका स्थलहरुमा भ्रमण गरेर फर्किने गरेकोले पर्यटकीय संख्या जिल्लामा दुई दशकदेखि महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

भारतबाट आउने बिरामीहरुलाई अस्पताल चौकका विभिन्न लजहरुमा सुरक्षित र आरामदायिक सेवा सूविधा उचित मूल्यमा उपलब्ध होस् । विरामीहरु बजारमा सामानहरु अझै खरिद गरेर जाओस् त्यसको लागि भारतीय पाँच सय र दुई हजारको नोटमा रोक लगाउने सरकारी कार्यले केहि जटिलाताहरु थपिएकोले यसलाई सहज गर्नुपर्ने लाहान क्याम्पसका प्रध्यापक डा. अनिलकुमार झाको बुझाई छ । शिक्षाविद् डा. महादेव साहले लहानको आर्थिक समृद्धिमा टेवा पुरयाउनुको साथै लहानका प्रतिष्ठालाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने कार्य सगरमाथा चौधरी आँखा अस्पतालले गरेकोले अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई अझै सहुलियत पुर्याउन स्थानीय सरकारले चाहिने सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

लहान ३ अस्पताल चोकको नामले चिनेने आँखा अस्पतालमा भारतीय बिरामीसँग आउनेहरुको आगमनले लहानको आर्थिक अवस्था सवल भएको छ । आँखा अस्पताल भन्दा पहिलेदेखि स्थापित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा उपचार हुन थाल्ने हो भने प्रत्ये दिन दुई हजार स्वास्थ्य पर्यटकीय पाँच हजार सम्म पुग्ने स्थानीय बुद्धिजीवी फुलेशव्र महतोको मत छ ।

उहाँको अनुसार नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भारतीय नाका माडर ठाडी र बरियारपटीमा भारतीय पर्यटकीयहरुलाई सिरहाका धार्मिक पयंटकीयहरुको बारेमा बृत चित्रबाट नै जानकारी गराउनाले यस पटक अन्य वर्षको तुलनामा भारतीय पर्यटकहरु सजिलो महसुस गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?