logo
२०८२ असार १ आईतवार



गुम्बा गाउँमा कोराना संक्रमणको सम्भावना छैन : स्वास्थ्य अधिकारी

स्वास्थ्य |
मुख्य समाचार |
पढ्नै पर्ने |


गुम्बा गाउँमा कोराना संक्रमणको सम्भावना  छैन : स्वास्थ्य अधिकारी
सांकेतिक तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २९ गते । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल संक्रम भए पनि कोरोना भाइरसको संक्रमणको संभावना नरहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गदत्त चापागाईका अनुसार हिजोबाट आफूहरुले सो गाउँको ट्रभाल हिस्ट्री बारे बुझन लगाएको र त्यहाँ कोही पनि चीन लगायत संक्रमित क्षेत्रबाट आवतजावत गरेको नपाइएकोले कोरोना भाइसर संक्रमको कुनै संभावना नरहेको बताउनुभयो ।
सो क्षेत्रमा हाल देखा परेको भाइरल संक्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्टहरु परिचालन गरी उपचार शुरु गरिएको र केहीलाई निको समेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाँईले बताउनुभयो ।
साथै त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरुले टेकु स्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यस तर्फ पठाउने जानकारी गराएको बताउनुभयो
यसैबीच सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दुरीमा रहेको र अहिले जलविरेबाट चिकित्सकको टोली लिएर आफू त्यसतर्फ जाँदै गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले गोरखापत्र अनलाइनलाई फोनबाट जानकारी गराउनुभयो ।
गाउँमा २०१ जनामा संक्रम भएका मध्ये १० जनाको उपचार भएको र एक जनाको अबस्था गम्भीर रहेको अध्यक्ष नेपालले जनाकारी गराउनुभयो ।
गाउँपालिकामा हेल्थ असिस्टेन्ट मात्रै भएकाले आफूले चिकित्सकको टोली लिएर जान लागेको बताउनुभयो ।
गाउँमा भाइरल संक्रम भए पछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दो जुल्दो भएको भन्दै जुगल गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार समेत गरको छ । सो स्थानमा विगत तीन दिन देखि विरामीको संख्या बढेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?